इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा रहेको डा। खलिल आजाद खेल मैदान भोक्राहामा ५ गते देखि १७ गते सम्म हुन गइरहेको कोशी प्रिमियर लिग केपिएल दोस्रो सिजनको ट्रफी भव्य समारोहका बीच कोशी ब्यारेज स्थित सप्तकोशी नदीको किनारमा अनावरण गरिएको छ। नेपाल क्रिकेट संघ ९क्यान० को स्वीकृति र सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा कोसी प्रिमियर लिग इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिता आयोजना गर्न लागेको हो । गत संस्करणमा विजेताले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाएको थियो । यो पटकको पुरस्कार राशीबारे केही दिनमा सार्वजनिक गरिने सुनसरी जिल्ला क्रिकेट संघका सचिव गोविन्द पौडेलले बताए । सिंगल राउन्ड रोबिन आधारमा हुने प्रतियोगिताको ट्रफी बुधबार कोशी ब्यारेज किनारमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, वन वातावरण तथा पर्यटनमन्त्री सदानन्द मण्डल र भोक्राह नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले सार्वजनिक गरे । कार्यक्रमका प्एी दोस्रो सिजनका संयोजक गोवन्द पौडेल, खेलकुदका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, खेलाडीहरू, स्थानीय बुद्धिजीवी, पत्रकार, पालिका कर्मचारी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।