बराहक्षेत्र | राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटि सदस्यमा बराहक्षेत्र बाट रेशु तामाङ चयन ।हुनुभएको छ। रेशु तामाङ सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. १० प्रकाशपुरका बासिन्दा हो भने हाल उहाँ काठमाडौंमा बसोबास गर्नुहुन्छ। उहाँ एक समाज सेवी, राजनीतिज्ञ, शैक्षिक तथा बौद्धिक व्यक्तित्वका रूपमा परिचित हुनुन्छ। 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ठूलो र सक्रिय भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको विधानको धारा ३८ को उपधारा २ को नियम 'ख' र पार्टी जनसंगठन समन्वय संयन्त्रको निर्देशन बमोजिम दोहोरो जिम्मेवारीमा रहेका पदाधिकारीहरूलाई पार्टीको पदाधिकारी भएमा स्वत: बिदा हुने व्यवस्था छ।

यसरी बिदा भई रिक्त रहेको स्थानमा भुगोल, क्रियाशीलता, बरिष्ठता, आवश्यकता, औचित्य, क्षमता तथा सम्भाव्यताको आधारमा राष्ट्रिय युवा संघ नेपालको सचिव पदमा ३ जना, सचिवालयमा १ जना र स्थायी कमिटिमा ४ जना चयन हुनुभएको छ। राष्ट्रिय युवा संघ नेपाल मा ५ कार्याकाल कमिटिमा रहेर हाल  स्थायी कमिटि सदस्यमा रेशु तामाङ मनोनियित हुनु भएको हो ।

तामाङ बिगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रूपमा सामाजिक काम गर्दै आइरहनु भएको छ । सामाजिक कामको क्रममा उहाँले बिगत का दिन हरुमा    सेनिटरी प्याड सम्बन्धी जनचेतनामुलक कार्यक्रम साथै प्याड बितराण , कोभिड -१९ को बखत ५० घर दुरि चामल बितराण , काठमाडौं मा १ सय घर दुरि बिपन्न परिवार हरूलाई न्यानो कपडा वितरण , पुस्तक बितराण , बृक्षरोपण जस्ता अन्य बिभिन्न काम हरु गर्दै आइरहनु भएको छ ।

आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाउनु भएको छ । तामाङले भन्नू भयो "भविष्यमा राजनीतिक गतिविधिसँगै समाजको हितमा विभिन्न समाजको वृद्धि विकास  र सामाजिक सेवाका कामलाई निरन्तरता दिदै भाबि दिन मा आफ्नो भुगोल साथै देशकाे नेतृत्व समेत गर्ने योजना रहेकाे छ।"

उहाँले बिषेसगरी बराहक्षेत्र नगरपालिका लगाएत अन्य क्षेत्रमा बालबालिका , युवा बर्ग , एकल महिला, महिला शसक्तिकरण सम्बन्धी काम ,  आर्थिक रूपमा कमजोर परिवार, र विपन्न वर्गका मानिसहरूको सहयोगका लागि व्यक्तिगत र संघसंस्थाहरूको सहकार्यमार्फत काम गर्न प्रतिवद्धता गर्नु भएको छ ।