इटहरी | सुतार कार्की कुलबंश प्रतिस्ठान केन्द्रिय कार्यसमितिले प्रथम अधिवेशन तथा बनभोज कार्यक्रम गरेको छ ।
शनिबार उदयपुरको लाहुरे खोज बेलका रिसोर्टमा "कुल बंशको नामा हाम्रो पहिचान, सुतार कार्कीको गौरव हाम्रो सम्मान" भन्ने मुल नाराका सुरु गरिएको कार्यक्रममा सुतार कार्की कुलबंश प्रतिस्ठान केन्द्रिय कार्यसमिति अध्यक्ष कुमार कार्कीको अध्यक्षता तथा सुतार कार्की कुलवंश प्रतिष्ठान केन्द्रीय कार्यसमितिका प्रमुख सल्लाहकार कृष्ण बहादुर कार्की रहेको थियो । सुतार परिवार जोड्नका लागी केही समय अगाडी देखि आफुहरु लागि परेर काम गरेको भए पनि प्रतिष्ठान खोल्न केही असहयोग गरेको भए पनि "सबै सुतार एक हौ" भन्ने हेतुका साथ सस्थालाई संस्थागत रुपमा अगाडी बढाउनु पर्ने प्रतिष्ठानको केन्द्रीय कार्यसमिति प्रमुख सल्लाहकार कृष्ण बहादुर कार्कीले बताउनु भयो ।

साना तिना विषयमा मतभेद नगरि समग्र देशभरका बन्धु एकीकृत गर्दै प्रतिष्ठानका बाँकी कमकाज र अन्य सामाजिक काम पनि धेरै गर्न बाँकी रहेकाले सो कुराका निरन्तर रुपमा आफु पनि लाग्ने र सबै बन्धु त्यस तर्फ लाग्न प्रतिष्ठानका महासचिव मनोज कार्कीले अपिल गर्नुभएको छ ।

कार्यक्रममा सबैसँग चिनजान होस भनेर परिचयत्मक कार्यक्रम पनि गरिएको थियो । अधिवेशन तथा बनभोज कार्यक्रममा उदयपुर, सुनसरी, मोरङ, झापाका सुतार कार्की सेवा समितिका प्रतिनिधि तथा सुतार कार्की बन्धु परिवारको बाक्लो उपस्थिति रहेको थियो ।



