इटहरी – इटहरी उपमहानगरपालिका वडा नं. १०, राजश्वटोलस्थित शिव मन्दिर निर्माणार्थ स्थलमा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरू भएको छ। इटहरी वडा नम्बर १० को राजश्व टोल विकास संस्थाको आयोजनामा भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ कार्यक्रमकि प्रमुख अतिथि पूर्वमन्त्री एवं संघीय सांसद भगवती चौधरीले उद्घाटन गरि सुरू भएको छ ।
शिव मन्दिर निर्माणको सहयोगार्थ गर्न लागेको यो महायज्ञमा नेपालका ऐतिहासिक प्रथम जगद्गुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य, ज्योतिषाचार्य पं. सुशान्त कृष्ण शुकदेवद्वारा संगीतमय श्रीमद्भागवत कथा प्रवचन गर्ने भएका छन् ।
महायज्ञको शुभारम्भ आज बिहान कलश यात्रा गरूि समुद्घाटन, मण्डप पूजन तथा कथा प्रवचनसँगै गरिएको थियोे । प्रत्येक दिन बिहान नित्य पूजा, पाठ पारायण, तथा झाँकीसहित कथा प्रवचन हुने कार्यक्रम तय गरिएको छ। साथै, साँझतिर भजन किर्तन, ज्ञानमञ्च, र पितृ उद्धारार्थ ॐकार द्वीप प्रज्वलन समेत गरिनेछ।
महायज्ञ उपलब्धि मुला होस साथै आफू गर्नसक्ने सहयोग गर्ने प्रमुख अतिथि पूर्वमन्त्री एवं संघीय सांसद भगवती चौधरीले बताउनुभयो ।
धार्मिक सांस्कृतिक जगेर्ना गर्दै शिव मन्दिर निर्माणका लागि पुराण आयोजना गरिएको राजश्व टोल विकास संस्थाका अध्यक्ष अमर श्रेष्ठले बताउनुभयो ।
आफुले गर्न सक्ने साथ सहयोग रहेन प्रतिव द्वता रहेको कार्यक्रमकि विशिष्ट अतिथि इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौधरीले बताउनुभयो ।
स्थानीय टोल विकास संस्थाको प्रतिनिधि गर्दै शिव मन्दिर निर्माणका लागि पुराण आयोजना गर्न लागि पुराण व्यवस्था समितिका अध्यक्ष चेगनाथ खत्रिले जानकारी दिनुभयो ।
फाल्गुण ७ गते विशेष रूपमा नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको उपस्थिति रहनेछ। त्यस्तै, फाल्गुण ११ गते साँझ लक्ष्यवर्तिका प्रज्वलन तथा रात्री जाग्राम कार्यक्रम राखिएको छ। फाल्गुण १२ गते तिलार्चन, पूर्णाहूति, तिलकपाति वितरण तथा यज्ञ विसर्जन गरी महायज्ञ समापन गरिनेछ।


