इटहरी। झापाको मेचीनगर नगरपालिकामा भएको आगलागीको घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार बेलुका मेचीनगर नगरपालिका वडा नं। ४ आमडाँगीमा लागेको आगलागीमा परेर ५१ वर्षीय विरेन्द्रराज राई गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ । आफ्नै घरको पूजा कोठामा अचानक विद्युत् सर्ट भई आगलागी भएपछि आगो निभाउने क्रममा राईको दुवै हात, दुवै खुट्टा र अनुहारमा आगोले पोलेको छ । राईको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । आगलागीबाट कोठाभित्र रहेका लत्ताकपडा जलेको र ठुलो क्षति नभएको प्रहरी चौकी बाहुनडाँगीले जानकारी दिएको छ ।


