हरिनगरा / हरिनगरा गाउँपालिका भुटाहामा पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ हुदै। हरिनगर स्पोर्ट्स क्लबको आयोजना तथा नेपाल खेलकुद महासङ्घ सुनसरीको संयोजनमा भएको प्रतियोगितामा मोरङ र सुनसरीका आठवटा पालिकाको टिम सहभागी भएका थिए। 

हरिनगर स्पोर्ट्स क्लबका अध्यक्ष मेराज अन्सारी को अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रामप्रसाद मेहताको प्रमुख आतित्यतामा सुरु भएको थियो।

आयोजक हरिनगर गाउँपालिका र बुढीगंगा गाउँपालिका मोरङ बीच भएको रोचक प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हरिनगर गाउँपालिकाले जित हासिल गरेको थियो। २०८१ फागुन ७ गते बाट सुरु भएको प्रतियोगिता को फाइनल खेल फागुन १५ गते बालकृष्ण मावि भुटाहा खेलमैदानमा भुटाहामा सम्पन्न हुने अध्यक्ष मिराज अन्सारीले बताए। 

प्रतियोगितामा नेपाल खेलकुद महासङ्घ सुनसरी अध्यक्ष विकल पौडेल, हरिनगर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रविण प्रसाद गुप्ता, आगमन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ..... बालकृष्ण मावि प्रधानाध्यापक नजामुद्दिन अन्सारी, नेकपा एमाले जिल्ला सचिवालय सदस्य मोहन प्रसाद यादव, हाजि तफज्जुल अन्सारी, प्रवेश आलम अन्सारी, अजित कुमार मल्लिक लगायत स्थानीय समाजसेवी बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।