इटहरी । इटहरीमा रहेको कस्तुरी सेकेन्डेरी स्कुलले आफ्नो १८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुखको आतिथ्यता तथा कस्तुरी सेकेन्डरी स्कुलका अध्यक्ष प्रेम प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम गरिएको थियोे ।
बिहीबार एक कार्यक्रमबीच विद्यालयले आफ्नो अभिभाक दिवसमा अभिभावकको छत्रछायाँमा हुर्किएका छोराछोरीहरुले विभिन्न जात जातिका नृत्य , नाटक साथै गायन प्रस्तुति देखाएका थिए । सोही कार्यक्रममा सामाजिक तथा पत्रकारीता क्षेत्रमा योगदान पुर्याउने सञ्चार उध्यमी कोशी प्रेस अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्ध निर्देशक बिकल पौडेल सहित सप्तकोशी टेलिभिजनका

बिकल रेग्मी ,नेपाल टेलिभिजन इटहरीकि उसाकिरण घिमिरे , खेलकुद , शिक्षा , गायन , रङ्गकर्मी ,चलचित्र लगाएत विधामाहरूमा वाशुदेव कर्ण , मिना सुब्बा, केशब कुमार विष्ट,लेखनाथ (चण्डिका) निरौला, अनुरोध थापा, रमेश कुमार विष्ट, सुभद्रा प्याकुरेल, गिता गौतम र सुशिला राईलाई सम्मान गरिएको थियोे । स्कुलले शैक्षिक, खेलकुद तथा अन्य विविध विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ । वार्षिक परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा नगद प्रदान गरिएको थियो । नियमित पढाइका सँगै अतिरिक्त विभिन्न क्रियाकलापले गर्दा विद्यार्थीमा भएका प्रतिभा प्रष्फुटित हुने अवसर मिल्ने कस्तुरी सेकेन्डरी स्कुलका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेले बताउनु भयो ।
अतिरिक्त क्रियाकलाप सँगसँगै पढाइलाई निरन्तरता दिएर इटहरीमा शिक्षा क्षेत्रमा नाम कमाउन सफल भएको कार्यक्रमका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताउनुभयो । सो कार्यक्रममा इटहरी विभिन्न विद्यालयका शिक्षकहरू , विद्यार्थी ,अभिभावक स्थानीय टोल विकास संस्थाका प्रतिधिनि लगाएतको सहभागीता रहेको थियोे ।


