इटहरी । ओली एन्ड एसोसियट्स इटहरी ब्रान्चले अभिभावक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । गोकर्ण रिसोर्टमा आयोजित कार्यक्रममा विद्यार्थीका अभिभावकहरूसँग अन्तरक्रिया गरिएको थियो । सन् २००२ मा स्थापना भएको ओली एन्ड एसोसियट्सले २३ वर्षको यात्रा पूरा गरिसकेको छ । यस अवधिमा संस्थाले विद्यार्थी तथा अभिभावकहरूको विश्वास जित्दै आफ्नो सञ्जाल फराकिलो बनाएको छ । कार्यक्रममा १ सय भन्दा बढी अभिभावकको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सहभागी अभिभावकहरूले संस्थाको सेवा प्रति सन्तोष व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू आयोजना गर्न सुझाव दिएका छन् । भवानी ओलीले ओली एन्ड एसोसियट्सको कार्यक्रमको अवसरमा संस्थाले दिने सेवाहरूको गुणस्तर अत्यधिक महत्त्वपूर्ण रहेको कुरा उठाउनुभया े। उनले भने कि, संस्थाले विद्यार्थीहरूको आवश्यकता र अपेक्षाहरूको पूर्ण ध्यान राख्दै गुणस्तरीय शिक्षा र सेवाहरू प्रदान गर्दछ, जसका कारण ओली एन्ड एसोसियट्स विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्न सफल भएको छ। यस संस्थाले आफ्ना सेवामा निरन्तर सुधार गर्दै विद्यार्थीहरूको विश्वास जितेको र उनीहरूको चाहनालाई प्राथमिकतामा राखेको बताउनुहुन्छ । इटहरी शाखाले विगत १० वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ । कार्यक्रममा इटहरी शाखाका प्रबन्धक राजेश कुमार शाह तथा अन्य प्रतिनिधिहरू उपस्थित थिए । अभिभावकहरूसँग शैक्षिक परामर्श, विद्यार्थीका शैक्षिक प्रगति र भविष्यका अवसरबारे छलफल गरिएको थियो ।


