इटहरी । नेपाली संगीतको प्रवद्र्धन, विकास र लोकप्रियतामा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएका संगीत साधना प्रतिष्ठान, इटहरीका राजु के.सी. लाई नातिकाजी राष्ट्रिय योगदान सम्मान–२०८० प्रदान गरिएको छ । संगीत महर्षि नातिकाजी श्रेष्ठको १ सय औं जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा यो सम्मान प्रदान गरिएको हो । नेपाली संगीतलाई विभिन्न माध्यमबाट जनता सम्म पु¥याउन गरेको निरन्तर प्रयासको उच्च कदर गर्दै नातिकाजी स्मृति समाजले यो सम्मान प्रदान गरेको हो । कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बास्कोटा तथा प्रमुख सल्लाहकार संरक्षिका सरस्वती श्रेष्ठले  राजु के.सी. को योगदानको चर्चा गर्दै नेपाली संगीत क्षेत्रको समृद्धिमा उहाँको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । नेपाली गीत–संगीतको प्रवद्र्धनमा निरन्तर क्रियाशील राजु के.सी.लाई यो सम्मानले थप उर्जा प्रदान गर्ने विश्वास गरिएको छ । नातिकाजी स्मृति समाजले उहाँको उज्ज्वल भविष्यको कामना गर्दै नेपाली संगीतको विकासमा निरन्तर योगदानको अपेक्षा गरेको छ ।