इटहरी । कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टरले जितेको छ । शनिबार सम्पन्न फाइनलमा भोक्राहा नरसिंह अर्नाजलाई ३७ रनले पराजित गर्दै इटहरी नमुना कलेजको टिम नमुना ब्लास्टरले उपाधी जितेको हो । सुनसरीको भोक्राहा स्थित डा. खलिल आजाद खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नमुनाले दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको आक्रमक अर्धशतकिय इनिङमा ८ बिकेट गुमाउदै प्रतियोगिताकै २ सय ७ रनको उच्च स्कोर खडा गरेको थियो । आक्रमक सुरुवात गरेका ऐरीले ७८ रनको सानदार पारी खेले । ३४ बलको सामना गरेका उनले ८ छक्का र ५ चौका प्रहार गरे । ३४ बलको सामना गरेका भुर्तेलले ३ छक्का र ५ चौकाको मदतमा ५३ रन बनाएर बिपिन कुमार महतोको बलमा आउट भए ।

best player

कुशल मल्लले २२ बलमा अबिजित ४३ रनको उत्कृष्ट इनिङ खेले । भोक्राहाका सन्दिप ढुंगानाले ३ र भुवन कार्कीले २ बिकेट हात पारे । जवाफमा २ सय ८ रनको बिजयी लक्ष्य पछ्याएर ब्याटिङ गरेको भोक्राहाले ८ बिकेटको क्षतीमा १ सय ७१ रन मात्र बनाउन सक्यो । उसका लागि सुजन थपलियाले ३३, रोहन शाहले १२ बलमा ४ छक्काको मदतमा नटआउट ३० रन बनाए । सुमित महर्जनले २९, कप्तान अंकित सुबेदीले २२, शिबम यादवले १६, दिपक बोहोराले ११ र आयुष्मान बमले १० रन बनाए पनि टिमलाई जिताउन सकेनन । नमुनाका इशान पाण्डेले ३ र कुशल मल्लले २ बिकेट लिए । उपाधी बिजेता नमुना ब्लास्टरले ५ लाख ५ हजार र उपबिजेता भोक्रहाले ३ लाख ३ हजार पुरस्कार पायो । नमुनाका दिपेन्द्रसिंह ऐरी म्यान अफद फाइनल घोषिता हुदै नगद ५ हजार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भोक्राहाका सन्दिप ढुंगानाले २५ हजार रुपैया पाए । उत्कृष्ट ब्याटर इटहरी आदर्श जाइन्ट्सका भीम सार्की भए । उत्कृष्ट बलर पूर्बेली सुपरकिंग बिराटनगरका दिनेश अधिकारी भए । उनीहरु दुबै जनाले जनही १५ हजार पुरस्कार पाए । नमुनाका प्रकाश कार्की र भोक्राहाका भुवन थापा उदयमान खेलाडी घोषित भए ।  फागुन ५ गतेदेखी भएको प्रतियोगितामा सात टिम सहभागी थिए ।