मिलन अधिकारी
ज. ब. क्या. इटहरी। जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८१’ सप्ताहव्यापी खेलकुद समारोह सुरू भएको छ ।
शुक्रबार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको उद्घाटन कार्यक्रमको अध्यक्ष्ता ‘स्ववियु अध्यक्ष सहदेव काफ्लेको रहेको थियो भने कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो ।
क्याम्पसलाई समुदाय सँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पस बाट इटहरी चौक हलगडा हुँदै जनता क्याम्पसमा सम्म पाँच किलोमिटरको जे. एम.सि रन आयोजना गरिएको थियो । स्ववियुले विधार्थीको प्रयोगात्मक कार्य र क्षमता अबिवृद्धी गराउन विभिन्न काम गर्दै आएको स्ववियु अध्यक्ष सहदेव काफ्लेले उल्लेख गरे । जनता बहुमुखी क्याम्पसले कम शुल्कमा विद्यार्थीहरुलाई अन्य निजी कलेज सो सरह गुणस्तीय शिक्षा र सुविधा प्रदान गर्दै आएको र त्यसको लागि क्याम्पस सञ्चालक समिति निरन्तर लागि रहेको क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीले बताए ।
खेल उद्घाटनको क्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राइले जनता बहुमुखी क्याम्पसको भौतिक पुर्वधार विकासमा काम गर्न र क्याम्पस प्रसाशनको माग सम्बोधन गर्न आफु तयार भएको र प्रदेश सरकारको क्याम्पसको साथमा रहेको बताउनु भएको छ । स्ववियू कप २०८१ अन्तर्गत अन्तर कलेज स्तरिय फुटबल प्रतियोगिता हुने छ भने, भलिबल, डोरी तान, कबड्डी, बुद्धिचाल, छेलो, ज्यावलिङ थ्रो, कविता साथै सामूहिक नृत्य प्रतियोगिता लगायतका कार्यक्रमका क्याम्पसका विधार्थी मात्र सहभागि हुने स्ववियू सचिव अजुर्न राईले जानकारी गराउनु भएको छ । उद्दघाट्न समाहरोमा क्याम्पस संञ्चालक समितिका अध्यक्ष विकास के। सी, क्याम्पस प्रमुख डा। गिता अधिकारी प्राध्यपक, कर्मचारी विधार्थी यूनियनका पदाधिकारी, विधार्थीको विचमा खेलकुद कार्यक्रम उद्धघाटन गरिएको हो ।


