इटहरी । नेपालमा प्रविधि, रोबोटिक्स, र उद्यमशीलताको क्षेत्रमा विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्यसहित कोशी मिनी यन्त्र ३.० यस वर्षको संस्करण फुजिसन  सगरमाथा बोडिङ स्कुल भवनीपुरमा सुरु भएको छ । रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्टद्वारा आयोजित कोशी यन्त्र ३.० आइतबार फुजिसन सगरमाथा बोर्डिङ स्कुलको प्राङ्गणमा आयोजना गरिएको हो । उद्धघाटन कार्यक्रममा रोबोटिक्स एसोसिएसन अफ नेपाल इस्टका अध्यक्ष बिनिल राज अधिकारीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा कोशी प्रदेशकी राज्य मन्त्री सिर्जना राईको उपस्थिती रहेको थियो । कार्यक्रमको विचमा नेपालकै पहिलो रोबोट साइबरडगको लाइभ डेमो सो भएको थियो । कोशी मिनी यन्त्र ३.० मा   रोबो सॉकर प्रतियोगिता अन्तर्गत विद्यार्थीहरूले आफ्ना रोबोटहरू प्रयोग गरी सॉकर खेलेका छन्् । प्रतियोगितामा जम्मा १४ टिमको सहभागीता रहेको छ ।  । प्रविधि प्रदर्शनीमा  १६ वटा  विद्यालय, कलेज तथा स्टार्टअपहरूले आफ्ना प्रविधि परियोजनाहरू समावेश गरेका छन् । कार्यक्रमले विद्यार्थीहरूलाई रोबोटिक्स, कृत्रिम बुद्धिमता एआइ , इन्टरनेट अफ थिङ्स एलओटि, एम्बेडेड सिस्टम, प्रविधि–आधारित उद्यमशीलता बनाउन मद्धत गर्छ । स्थानीय स्तरमा लुकेर रहेको क्षमतालाई प्रस्फुटन गराउन यस्तो कार्यक्रम गरेको  रोबर्टस एसोसिएसन अफ नेपाल इस्टका अध्यक्ष बिनिल राज अधिकारीले बताउनु भयो । विद्यार्थीहरूलाई प्रविधि र नयाँ विचारमा संलग्न गराउनु, व्यावहारिक सिकाइ र समस्या समाधान क्षमताको विकास गराउनु, प्रविधि–आधारित उद्यमशीलता र अनुसन्धानलाई प्रवद्र्धन गर्नु ,स्थानीय तथा राष्ट्रिय प्रविधि समुदायलाई एकीकृत गर्न यस्ता कार्यक्रमले भुमिका खेल्ने कोशी प्रदेशकी राज्य मन्त्री सिर्जना राईले बताउनु भयो । कार्यक्रममा विद्यालय तथा कलेजका विद्यार्थीहरू, प्रविधि, नयाँ विचार, तथा अनुसन्धानमा रुचि राख्ने व्यक्ति, स्टार्टअप संस्थापक, उद्यमी, तथा प्रविधि विशेषज्ञहरू, साथै शिक्षक, प्रशिक्षक, तथा शिक्षाविद्हरू सहभागी भएका थिए । नेपालमा प्रविधि र रोबोटिक्सको क्षेत्रमा विद्यार्थीहरूलाई सक्षम बनाउन कोशी मिनी यन्त्र ३.० ले नयाँ सोच, नयाँ विचार, र प्रविधिमैत्री समाज निर्माणमा टेवा पुर्याउने विश्वास लिइएको छ ।