इटहरी / नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशी निप्स इटहरी च्याप्टर द्वारा कोशी प्रदेश का बैंक , बिमा तथा नेपाल टेलिकम का बिच कर्पोरेट फुट्सल टुर्नामेन्ट सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय का सहायक निर्देशक श्री पुष्पा खनालको प्रमुख आतित्यतामा यही फागुन २४ गते इटहरी स्थित एरेन स्पोर्ट्स को प्रागणमा संचालित सो कार्यक्रमको सभापतित्व निप्स इटहरी च्याप्टरका उपाध्यक्ष गणेश श्रेष्ठले गर्नुभएको थियो।
त्यसै गरि अतिथि हरुमा निप्स कोशी काेषाध्यक्ष नारायण गौतम , सिद्धार्थ प्रीमियर इन्स्योरेन्स का प्रकाश निरौला, प्रभु इन्स्योरेन्स का प्रदेश प्रमुख सुनिल पाण्डे , प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कोशी प्रदेश प्रमुख धना भट्टराई लगायत को उपश्थिति रहेको थियो।यस्ता खेल यस्ता कार्यक्रमले संघ संस्थाका कर्मचारी बीच भाइ चारा ,अनुभव आदनप्रदान तथा कर्पोरेट कल्चरको विकास हुने कुरा जोडिएको थियो। " स्वास्थ का लागि खेलकुद , संस्थाकालागी एकजुट " भन्ने मुल नारा का साथ आयोजना गरिएको सो फुट्सल टुर्नामेन्टमा जम्मा १४ टिमको सहभागिता रहेको थियो।
कार्यक्रम सम्योजक गोपाल पौडेल ले कार्यक्रम सफल बनाउन सहभागी सम्पूर्ण सहभागी बैंक, बीमा कम्पनी तथा नेपाल टेलिकम का टिम लाई धन्यवाद दिदै आगामी दिनहरू मा अझ उत्कृष्ट खेल कार्यक्रम हरु को आयोजना गर्ने बारे प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। फाइनल खेल प्रभु बैंक र सगरमाथा लुम्बिनी इन्स्योरेन्स ( सलिको) बीच निकै रोमान्चक्पूर्ण रहेको मा प्रभु बैंकले सलिको लाई १ -० ले हराउँदै सिरिज हात पार्न सफल भएको थियो । बिजेतालाई रु ३०००० तथा उप बिजेता लाई १५००० साथै ट्र्फिहरु कार्यक्रम का प्रमुख अतिथि श्री पुष्पा खनाल द्वारा हस्तान्तरण गरियो ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रभु बैंकका नविन राईले सबैभन्दा धेरै ७ गोल गरि highest scorer को उपाधी पाउन सफल भए भने सलिकोका गोलकिपरले उत्कृष्ट गोलकिपर पाएका थिए । आयोजना लाई निरन्तरता दिदै जाने तथा अझ सबल र उत्कृष्ट ढंगले ले सन्चालन गर्न बल तथा हौसला मिलेको बारेमा सभापति गणेश श्रेष्ठले बताउनु भयो ।