इटहरी । स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको मतगणना जारी छ । मोरङका कतिपय क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ । विराटनगरको महेन्द्र मोरङसहित अधिकांश क्याम्पसमा अखिल क्रान्तिकारीले अग्रता लिएको छ । जिल्लाका तीन आंगिक र आठ सामुदायिक क्याम्पसमा मंगलबार निर्वाचन भएको हो । नौवटा क्याम्पसको मत परिणाम सार्वजनिक भएको छ । जसमा चार क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ । तीनमा नेविसंघ र दुई क्याम्पसमा अनेरास्ववियु विजयी भएका छन् । रमाइलो क्याम्पसको अध्यक्षमा अखिल क्रान्तिकारीका अनिष कार्की, मिक्लाजुङ क्याम्पसमा सुजन घिमिरेको प्यानल, विराटनगरको डिग्री क्याम्पसमा प्रितम साहको प्यानल र विराट नर्सिङ कलेजमा क्रान्तिकारीकै रोहितकुमार ताजपुरिया निर्वाचित भएका छन् । त्यस्तै, केराबारीस्थित खदम क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका संगम कन्दङ्वा, सुकुना क्याम्पसको अध्यक्षमा अखिल गठबन्धनका एलिस ओझा विजयी भएका छन् । सचिवमा पनि गठबन्धनका रोहन खत्री र कोषाध्यक्षमा नेविसंघकी सविना थापा विजयी भएकी छन् । उता, क्याम्पसको अध्यक्षमा नेविसंघका पोषण आचार्य, पथरी बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका केशर राई, लेटाङ क्याम्पसको अध्यक्ष नेविसंघका लेखनाथ दाहाल निर्वाचित भएका छन् । महेन्द्र मोरङ क्याम्पसको पछिल्लो मत परिणामअनुसार त्यहाँ पनि अखिल क्रान्तिकारीले अग्रता लिएको छ । त्यहाँ अघिल्लो निर्वाचनमा नेविसंघ विजयी भएको थियो । यसपटक संस्थापन र शेखर कोइराला पक्ष अलगअलग प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।


