सुनसरी | सुनसरीको इटहरी निवासी होटेल व्यवसायी अमृत कार्कीको ५७ वर्षको उमेरमा हृदयाघातका कारण आइतबार राति निधन भएको छ ।
२०२४ सालमा उदयपुरको कटारीमा जन्मिएका कार्कीले इटहरीमै २ दशक अघि देखि रोयल रिसोर्ट होटेल समेत सञ्चालन गर्दै आएका थिए । १ छोरा र १ छोरी रहेका कार्कीको पार्थिव शरीरलाई आज बिहानभर घरमै राखेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ । कार्कीको शवलाई आजै इटहरी स्थित मुक्ति घाटमा दाहसंस्कार गरिएको थियोे ।


