सुनसरी | नेपाल कम्युनिष्ट पार्टी बराहक्षेत्र १० ले गर्यो सङ्घिय लोकतान्त्रिक गणतन्त्र जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी बराहक्षेत्र १० का सभापति बद्रि कुमार बुढाथाेकीको सभाध्यक्षमा सम्पन्न भएको हो ।
केही समय यता नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था विरुद्ध भ्रामक, तथ्यहिन र सुनियोजित गतिविधिहरुप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ। लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षको परिणति हो । राजतन्त्रको शासनकालमा पटक-पटक जनताका अधिकार माथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत् भएपछि राजतन्त्र र लोकतन्त्रसँगै जान सक्दैन भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो । जनताको यस फैसलालाई उल्टाउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुँदैन भन्ने कुरा स्पष्ट छ ।
लोकतन्त्र स्थापना पछिको छोटो समयमा नै नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको छ। सशस्त्र द्वन्द्व, लामो सङ्क्रमणकाल, नाकाबन्दी, विश्व महामारीका रुपमा फैलिएको कोरोना, भूकम्पलगायत अनेकौं प्राकृक्ति विपत्तीका बिचमा पनि भौतिक पूर्वाधार, सामाजिक क्षेत्र, जनताको जीवनस्तर, अन्तर्राष्ट्रिय सम्बन्धलगायत क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धी महत्त्वपूर्ण छन् । गर्नुपर्ने कामहरु धेरै छन तर उपलब्धीलाई अस्वीकार गर्ने, एकोहोरो नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने एवं त्यसको बहानामा मुलुकलाई पुरानो जर्जर सामन्ती युगको दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन सक्दैन ।
नेकपा (एमाले) आम जनता र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता, स्वाधीनता र मानवअधिकारको महत्त्वलाई गम्भीरताका साथ आत्मसाथ गर्न, निरङ्कुशकालमा अधिकार खोसिँदाको पीडालाई अनुभूत गर्न, साढे दुई शताब्दी लामो राजतन्त्रको एकछत्र शासनकालमा मुलुकको अवस्था कस्तो थियो ?
लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाका पक्षमा मुलुकमा आज पनि एक ठाउँमा एक ढिक्का भएर उभिएको अवस्थालाई नजर अन्दाज गर्नु मुर्खता हो । जनताबाट निर्वाचित जनप्रतिनिधिहरु, प्राध्यापक, डाक्टर, इन्जिनियर, वकिल, शिक्षक, पत्रकार, मानवअधिकारकर्मी, कर्मचारी, किसान, मजदुर, प्रशासकसमेत मुलुकले अँगालेको शासन प्रणलीको पक्षमा एक ढिक्का भएर उभिएकै छ।
राजाको नेतृत्वमा रहेको निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थाको कहालीलाग्दो समय जुन शासनमा मुलुक अत्यन्तै पछाडि परेको मात्र नभई अन्धकारको युगमा थियो। कथित राजावादी भनिने तत्त्वहरुलाई प्रश्न छ ? तिम्रो राजको शासन कालमा नेपालको गार्हस्थ उत्पादन ३ खरब २३ अर्ब थियो भने गणतान्त्रिक नेपालको कुल गार्हस्थ उत्पादन ५३ खरब छ।
गरिबीको रेखामुनि भण्डै आधा जनसंख्या (४९ प्रतिशत) बाँच्न अभिशप्त थिए हाल गणतन्त्रमा १५ प्रतिशत मात्रै गरिबीको रेखामुनि छन् यो प्रतिशत घट्ने क्रममा रहेको छ । राजाको पालामा नेपालको सडक सञ्जाल ७ हजार ३ सय ३० किलो मिटर हाल गणतन्त्रमा १ लाख किलोमिटर छ । राजाको पालमा खानेपानीको पहुँच ४० प्रतिशत जनतामा सिमित थियो तर गणतन्त्रमा ९५ प्रतिशत जनतासम्म यसको यसको पहुँच पुगेको छ । राजाको पालामा ७१ हजार सञ्चार सेट देशका अभिजात्य वर्ग नोकरशाहहरुले मात्र प्रयोग गर्थे भने गणतन्त्रमा ३ करोड ५० लाख सिमहरु एक्टिभ छन्।

राजतन्त्रमा ९ प्रतिशत उच्च घरानामा सिमित बिजुलीको सुविधा गणतन्त्रमा ९५ प्रतिशत जनताले उपभोग गरिरहेका छन् । राजतन्त्रमा २ सय २७ मेघावाट विद्युत उत्पादन हुन्थ्यो भने गणतन्त्रमा ३ हजार मेघावाट उत्पादन भइरहेको छ साथै भारत र बंगलादेशमा समेत निर्यात भइरहेको छ । २०४६ सालसम्म (राजतन्त्र) मा नेपालीको औसत आयु ५४ वर्ष थियो भने हाल ७१ वर्ष छ। राजतन्त्र हुँदा मातृशिशु मृत्युदर प्रति हजारमा १ सय २८ थियो भने हाल २१ मात्र छ ।
यस्तै अरु हजारौं तथ्यहरुले पुष्टि गर्दछ कि वंशका आधारमा श्रेष्ठता हासिल हुने सामन्ती राजतन्त्रभन्दा गणतन्त्र सर्वाधिक उत्तम र वैज्ञानिक व्यवस्था हो। यसैलाई अझ उन्नत बनाउन सबै नागरिकहरुको ऐक्यबद्धता आवश्यक हुन्छ। तर दाहसंस्कार भइसकेको राजतन्त्रको भूत नेपाली धर्तीमा असम्भव छ । भर्खरै सम्पन्न भएको युवा विद्यार्थीहरुको लोकप्रिय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राजा फर्काउनेहरुको पक्षमा ५ प्रतिशत पनि जनमत देखिएको छैन ।
केही हजारले काठमाडौँमा जुलुस लगाउँदैमा जनताको रगतबाट लेखिएको संविधान बमोजिम स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कुनै विकल्प छैन। तर यो व्यवस्थाको विरोध गर्ने नाममा अभद्र र अराजकता खडा गर्न खोज्ने तत्त्व मुलुकलाई अघि बढ्न बाधा अड्चन सिर्जना गर्ने जुन प्रयत्न गरिएको छ तिनको भण्डाफोर गर्दै अगाडि बढौं। यही नै आजको आवश्यकता हो ।


