इटहरी । आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि प्रदेश स्तरिय  योजना तर्जुमा गर्ने उद्येश्यका साथ सुनसरीको इटहरीमा  गोष्ठि सम्पन्न भएको छ । कोशी प्रदेश सरकार प्रदेश योजनका आयोगको आयोजनमा आइतबार प्रदेशस्तरिय आयोजना पहिचान तथा आयोजना तर्जूृमा गोष्ठि सम्मपन्न भएको हो ।  कोशी प्रदेश स्तरीय योजना तथा कार्यक्रम बजेट तर्जुमा गोष्ठीमा सुनसरी संघीय निर्वाचन  क्षेत्र नम्बर १ क र ख तथा संघीय निर्वाचन  क्षेत्र नम्बर ३ क र ख का प्रदेश संसदहरुले सहजीकरण गरेका थिए । गोष्ठिमा दुवै क्षेत्रमा पर्ने स्थानिय तहका प्रमुख ,उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरु सगै सरोकारवालहरुको उपस्थिती रहेको  थियो । कोशी प्रदेश सरकारले  प्रदेशका आयोजानहरु एकिकृत गरि सञ्चालन गर्ने उद्येश्यले प्रदेश योजना बैकं सञ्चालनमा ल्याएको छ ।  प्रदेश स्तरिय आयोजनाको पहिचान, आयोजना सञ्चालनको वारेमा प्रदेश सरकारको नितिको जानकारी र आयोजना कार्यान्वन योग्य र  प्राथमिकता निधारर्ण सम्बन्धी जानकारी गराउने उद्येश्यले गोष्ठिको आयोजना गरिएको प्रदेश योजना आयोगका सदस्य किशोर थुलुङले जानकारी दिनुभयो ।  कोशी प्रदेशका १४ जिल्लाका सवै निर्वाचन क्षेत्रवाट संकलन भएको आयोजनाहरु प्रदेश योजना वैक बार्फत प्राथमिकताको आधारमा सञ्चालन  गर्ने   थुलुङले वताउनुभयो  ।