इटहरी । मोरङको पथरी शनिश्चरेमा प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता (२०८१ सुरु छ। आईतबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले फुटबल खेलका प्रमुख अम्पायरलाई हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएको हो। पथरी शनिश्चरे वडा नं १ द्वारा आयोजित सो प्रतियोगिता आगामी २५ गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा नगरका १० वटै वडा फुटबल टिमहरूले सहभागिता जनाएका छन्। आईतबारको उद्घाटन खेलमा वडा नम्बर १ ले वडा नम्बर ३ लाई खेल नियमअनुसार ुसडेन डेथु ७(६ गोल अन्तरले पराजित गर्दै गोल गर्दै विजय हासिल गरेको थियो। खेलको निर्धारित समयमा दुवै टिम बराबरीमा भएपछि खेल ट्राइबेकर तर्फ धकेलिईएको थियो। ट्राइबेकरको ुसडेन डेथुमा आयोजक वडा नम्बर १ विजयी भएको थियो । खेलको ुम्यान अफ दि म्याचु वडा नं ३ का गोलकिपर सुगम लिम्बु घोषित भए। प्रतियोगिता उद्घाटन समारोहका अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष भीमकुमार राई र अखिल नेपाल फुटबल सङ्घ मोरङका अध्यक्ष सञ्जीव बुढाथोकीले मेडल तथा ट्रफी प्रदान गर्नुभएको थियो। आज खेल वडा नं २ र वडा नम्बर १० बीच हुने आयोजकले जनाएको छ। उद्घाटन समारोहमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी, नगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत पिताम्बर वस्ती, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य,इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, वडा नम्बर ८ का वडाध्यक्ष नवीन जङ् कार्की, वडा नं ३ का वडाध्यक्ष विजय लिम्बु, लगायतको उपस्थित रहेको थियो ।


