समिर चन्द्र्वंशी

बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका, २०८१ साल — नगरपालिका भरिका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा अध्ययनरत तथा वार्षिक परीक्षा सकाएका विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि नगरपालिकाले आयोजना गरेको तालिम अन्तर्गत नृत्यकला प्रशिक्षण , चित्रकला प्रशिक्षण , बक्तृत्वकला प्रशिक्षण तालिम भईरहेकाे छ। उक्त तालिम मा नगरपालिका भरिको बिद्यार्थी हरुको बक्लो उपस्थिति रहेकाे छ्। यस कार्यक्रमलाई नगरपालिकाको वार्षिक शैक्षिक योजना अन्तर्गत प्रतिभा प्रस्फुटन तालिमको रूपमा संचालन गरिएको हो।  

तालिमको सहजकर्ता मुकुन्द प्रयासले विद्यार्थीहरूलाई रचनात्मक चित्रकला क्षेत्रमा दक्ष बनाउने उद्देश्यले यो प्रशिक्षण गरिरहेका छौ । उनले भने, “कलाले विद्यार्थीहरूको सृजनात्मक सोच र आत्मविश्वास बढाउँछ। यसले उनीहरूको व्यक्तित्व विकासमा पनि ठूलो योगदान पुग्छ।”

कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता तालिमले उनीहरूको प्रतिभा निखार्ने साथै कलात्मक अभिव्यक्तिलाई प्रभावकारी बनाइरहेकाे बताएका छन्। एक जना सहभागीले भने, “यसले हाम्रो कल्पनाशीलता र हातेकलालाई नयाँ मोड दिएको छ। अब हामी आफ्नो कला समाजमा राम्ररी प्रस्तुत गर्न सक्षर भएका छौं।  

नगरपालिका प्रशासनले शैक्षिक गतिविधिसँगै विद्यार्थीहरूको सृजनात्मक क्षमता विकास गर्ने यस्ता कार्यक्रम निरन्तरता दिने बताएको छ। उक्त तालिमले विद्यार्थीहरूमा शिक्षा र कलाको सकारात्मक समन्वय कायम गर्न मद्दत गरेको नगरपालिकाको विश्वास रहेको छ।  

यसरी बराहक्षेत्र नगरपालिकाले शिक्षा र प्रतिभा विकासलाई समन्वित गर्दै युवा पुस्ताको सामर्थ्य बढाउने प्रतिबद्धता जनाएको छ। आगामी दिनमा पनि विद्यार्थीहरूको बहुआयामिक सिप उन्नयनका लागि यस्तै कार्यक्रम हुने नगरपालिकाले जानकारी दिएको छ।