सुनसरी / सुनसरीको गढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
गढी गाउँपालिका र कोशी मिडिया नेटवर्क प्रा.लिको सहकार्यमा गाउँपालिकाका आश नारायण चौधरीको प्रमुख अतिथि तथा अध्यक्ष गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काको अध्यक्षतामा गाउँपालिकाले प्रवाह गर्दै आएका सेवा, योजना, तथा विभिन्न नीतिहरूको बारेमा नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै तिनका समस्या तथा सुझावहरू लिने अवसर प्राप्त भएको थियो।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख छवि खड्का ,स्वास्थ्य शाखा प्रमुख ,राजेन्द्र यादव ,कृषि शाखा प्रमुख जिनि चौधरी ,लेखा शाखा प्रमुख बाबुराम पौडेल ,योजना शाखा प्रमुख योगराज निरौला ,इन्जिनियर शाखा प्रमुख पुस्पराज चौधरी ,पशु शाखा प्रमुख ब्रम्हदेव यादव ,प्रशासन शाखा प्रमुख हरेराम शाह,जिन्सी शाखा प्रमुख धुर्व नारायण चौधरी लगाएत शाखाका प्रमुखहरूले आआफ्नो शाखाले गरेका प्रतिवेदनहरू प्रस्तुत गर्नु भएको थियोे ।
सार्वजनिक सुनुवाई कार्यक्रममार्फत नागरिकहरूका गुनासाहरू सुन्ने, उनीहरूको माग तथा आवश्यकताहरू बुझ्ने, साथै उपलब्ध सेवा तथा सुविधाहरूबारे जानकारी गराउने उद्देश्य लिएको थियो। कार्यक्रममा स्थानीयहरूले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, पशुपालन, कृषि, आर्थिक सहायता लगायतका विभिन्न विषयमा प्रश्नहरू उठाएका थिए।
गाउँपालिकाका पदाधिकारीहरूले नागरिकहरूको प्रश्नहरूको उत्तर दिँदै, हाल सञ्चालनमा रहेका योजनाहरू र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए। साथै, जनताले उठाएका प्रमुख समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
सार्वजनिक सुनुवाईमा सार्वजनिक चासोका विषयमा जिम्मेवार पदाधिकारी तथा सेवाग्राही बीच प्रश्नोत्तर साथै सेवाग्राहीले सार्वजानीका विषयमा सेवा सुविधा प्रवाहमा आगामी दिनमा अपेक्षा गरेका सुधारहरु समेत प्रष्फुटित हुने र बस्तु, सेवाधिकारीहरुबाट उक्त सुधारहरु हासिल गर्ने संभावनाहरुको बारेमा जानकारी प्रदान गर्ने प्रकृयाबाट सुधारका प्रतिवद्धता रहेको गाउँपाकलिका उपाध्यक्ष अनिता कुमारीले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर खड्काका अनुसार यस किसिमका कार्यक्रममा सेवाग्राही र सेवाप्रदायकबीच सिधा संवाद हुने भएकाले समस्याको उचित समाधान गर्न मद्दत पुग्छ। यसले भविष्यका योजनाहरूलाई अझ प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा गढी गाउँपालिका वडा नम्बर १ प्रदिप कुमार चौधरी , वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्र कुमार सरदार ,वडा नम्बर २ का वडा अध्यक्ष कुसेश्वर यादव ,वडा नम्बर ६ का वडा अध्यक्ष तेतर साहु लगाएतले वडाका गतिविधिहरूको विषयमा जानकारी गराएका थिए । सुनुवाई कार्यक्रममा सेवाग्राही र सेवाप्रदायक बीच अन्तरक्रिया भई विगतका त्रुटिहरू सुधार्ने अवसर मिलेको बताइएको छ।


