इटहरी । इटहरीमावैशाखबाट ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल’ सञ्चालनमा आउने भएको छ । इटहरीमा व्यवस्थित अस्पतालको अभाव भएको आवाज उठिरहेको बेला प्रणामी मन्दिर मुक्तिधामको अस्पताल सञ्चालनमा आउन लागेको हो ।
श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीका अनुसार २०८२ सालको वैशाख १ गते स्वामी १०८ सदानन्द महाराजबाट उद्घाटन हुने कार्यक्रमको तयारी पूरा भइसकेको बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । चैत २४ गते विहान कलश यात्रा हुने गरि कार्यक्रम सुरू हुने मूल समारोह समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले बताउनु भयो । कलश यात्रामा १० हजार बढी भक्तजन सहभागी हुने उहाँको भनाइ छ । श्रीकृष्ण प्रणामी मन्दिर मुक्ति धाम इटहरीको ४६ औँ वार्षिक उत्सवको अवसर पारेर उद्घाटन गरिने श्री १०८ पाठ परायण अन्तर्राष्ट्रिय महोत्सव समेत आयोजना गर्न लागिएको छ ।
चैत्र २ गते देखि चैत २४ गते सम्म स्वस्थ्या शिविर आयोजना भइरहेको छ । पहिलो चरणमा १५ बेडको अस्पताल सञ्चालन गरि क्रमशः स्तर बढाएर १० वर्षभित्रमा पाँच सय बेडको पुर्याउने लक्ष्य राखिएको छ । स्वामी श्री १०८ डा. सदानन्द महाराजजीको सहयोगबाट निर्माण गरिएको १५ शय्याको अस्पतालबाट २४ घण्टा स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ ।
सोही कार्यक्रममा २५ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी श्रीमद्भागवत पुराण समेत आयोजना हुदैछ । प्रचार प्रसार गर्न २३ गते मोटरसाइकल र्याली समेत गरेने भएको छ । अस्पताल निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका घिमिरेले अस्पतालमा एमडी एक जना र २ जना एमबिबिएस डाक्टरले सेवा दिने जानकारी दिनुभयो । अस्पतालले सरकारी अस्पताल सरह शुल्क बराबर हुने जमर्को गरी आधुनिक ल्याब तथा फार्मेसी सेवा पनि प्रदान गर्ने छ । यस अभियानले धार्मिक आस्था तथा सामाजिक सेवाको समन्वय गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।


