इटहरी । कोशी प्रदेश खेलकुद विकास बोर्डले अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको छ । बोर्डले आइतबार बिहान विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाएको हो । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यतामा बोर्डले खेलकुद दिवसको अवसर पारेर बृहत्त् ¥याली समेत निकालेको थियो याली बोर्डको कार्यालयमा औपचारिक कार्यक्रम गर्दै समापन भएको थियो । औपचारिक कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री पाँचकर्ण राईले नवौं राष्ट्रिय खेलकुदमा प्रदेशले हासिल गरेको नतिजालाई तुलना हुनेगरी १० औं खेलकुदको तयारीका लागि जुटेका बताउनुभयो । साथै, उनले १२ औं राष्ट्रिय खेलकुद कोशी प्रदेशले आयोजना गर्ने बताउँदै त्यसका लागि आफूहरूले भौतिक संरचनाको निर्माण गर्ने पनि जानकारी दिनुभयो । बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतले दशौं राष्ट्रिय खेलकुदको तयारीस्वरूप बोर्डले विभिन्न प्रतियोगिताहरू आयोजना गरिरहेको बताउनुभयो । १० औं खेलकुदमा कोशी प्रदेशले अधिक पदक जित्न सकोस् भन्ने उद्देश्य राखेर हालै प्रथम संस्करणको खेलकुद महोत्सव गरिएको उहाँको भनाइ छ । १२ औं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि वैजनाथ क्रिकेट स्टेडियमको स्तरोन्नति गर्ने र त्यसमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । ¥यालीमा बोर्डका अध्यक्ष तथा मन्त्री राईसँगै बोर्डका सदस्यसचिव कृष्ण बस्नेत ‘पर्शुराम’, बोर्डका प्रशासन प्रमुख कालीदास भट्टराई, लेखा प्रमुख दीपक घिमिरे, मन्त्रालयका निमित्त सचिव दामोदर फुयाँल, बोर्डका सदस्य, विभिन्न विधाका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो । विराटनगरस्थित सहिद रंगशालाबाट सुरु भएको ¥याली हस्पिटलचोक जलजला चोक, गोल्छाचोक हुँदै बोर्डको कार्यालयमा पुगेर समापन भएको थियो ।