दुहबी – नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको पाँचौं नगर अधिवेशनबाट दुहबी–९ निवासी नसुरुद्दिन मिया दुहबी नगर अध्यक्षमा निर्वाचित भएका छन्।
उनका साथै विभिन्न वडामा सभापति पदमा पनि सर्वसम्मत चयन गरिएको छ। वडा नम्बर १ मा अश्रुल मिया, वडा नम्बर २ मा बाम नारायण चौधरी, वडा नम्बर ३ मा तेज नारायण चौधरी, वडा नम्बर ४ मा मोहम्मद अनिश, वडा नम्बर ७ मा बिश्वजित खाँ, वडा नम्बर ८ मा दिपेन्द्र कार्की, वडा नम्बर ९ मा अनवर हुसैन, वडा नम्बर १० मा मो. जगिर, वडा नम्बर ११ मा अमन चौधरी र वडा नम्बर १२ मा हरि चौधरी सभापतिमा चयन भएका छन्।
सर्वसम्मत रुपमा चयन भएका विजयी तरुण सभापतिहरूलाई प्रमुख अतिथि तथा नेपाली कांग्रेसका महासमिति सदस्य एवं दुहबी नगर सभापति वेद नारायण गच्छादारले अबिर र खादा पहिराएर सम्मानसहित बधाई दिएका थिए।
अधिवेशनको उद्घाटन प्रमुख अतिथि गच्छादारले पानसमा दीप प्रज्वलन र बीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरेर गरेका थिए।
कार्यक्रमको सञ्चालन थानेश्वर ओझाले गरेका थिए भने कार्यक्रमको अध्यक्षता जिल्ला प्रतिनिधि ओम गौतमले गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेपाल तरुण दल सुनसरी जिल्ला सभापति सिजन गुरुङ, कांग्रेस सुनसरी क्षेत्र नं. ३(क) का सभापति दीपक ढकाल, उपप्रमुख मेनुका खतीवडा लगायतको उपस्थिति रहेको थियो।


