इटहरी । झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २६ गते झापाको मेचिनगर नगरपालिका(६ स्थितमा झापाको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत वेष्ट बंगाल दार्जिलिङका ४१ बर्षीय राजेन बर्मनको साथबाट १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारी  नियन्त्रणमा लिएको हो भने झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा ४ का २८ बर्षीय भुवन न्यौपानेलाई निजकै घरबाट ब्राउन सुगर १  ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका १५ बाट सुनसरी धरान ८ का १९ बर्षीय समन न्यौपाने र १९ बर्षीय अभिषेक याख्खालाई १ ग्राम १५ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले पक्राउ गरेको हो । त्यस्तै उदयपुरको बेलका नगरपालिका(९ बाट को। ३९ प ५६४९ नम्बरको स्कुटर चालक बेलका ३ का २६ बर्षीय मुस्कान राई र पछाडी सवार २१ बर्षीय खम्ब बहादुर दाहाललाई ब्राउन सुगर १ ग्राम ३३८ मिलिग्राम सहित इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको हो । त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका ६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सहिदभुमी गाउँपालिका ७ की ४२ बर्षीया ईन्दिरा राई र ४९ बर्षीया सिता कार्कीलाई २० किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।