धनकुटा/ धनकुटाको छथर जोरपाटी का बिभिन्न स्वास्थ्य सेवा केन्द्रहरू बाट गर्भवती भत्ता तथा शिशु पोषण वितरण कार्यक्रम गरिएको छ 

२०७९ सालको निर्बाचनमा होमिदै गर्दा गरिएका बाचा पुरा गर्न निति तथा कार्यक्रममा समाबेस गरेर मातृ मृत्युदर र बाल मृत्युदर कम गराउने उदेश्य ले यो उपाध्यक्ष सग सग गर्भवती भत्ता तथा सुशु पोषण कार्यक्रम लागू गरिएको छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गीता गुरुङ खेवा ले बताउनुभयो । स्थानीय स्वयंसेवी स्वास्थ्यकर्मी साथै जनप्रतिनिधि हरूसँगको सहकार्यमा लक्षित वर्गका गर्भवती महिलाहरू तथा साना बालबालिकाका आमाहरुलाई पोषणसम्बन्धी भत्ता तथा सामाग्री वितरण गर्नुभएको हो ।

FB_IMG_1744473058999

 स्वास्थ्य तथा पोषण नीतिको प्रभावकारिता र मातृ-शिशु स्वास्थ्य सुरक्षाका लागि यस्ता कार्यक्रमको आवश्यकता रहेको पालिका उपाध्यक्ष खेवाले बताउनुभयो।

FB_IMG_1744473065131

कार्यक्रमलाई सफल बनाउन स्थानिय स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको उपाध्यक्ष गीता गुरुङ खेवाले सबैलाई धन्यवाद दिँदै पोषणयुक्त आहार र नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जनचेतना फैलाउदै स्थानीय समुदायमा स्वास्थ्यप्रति सकारात्मक सन्देश दिने र गर्भवती तथा शिशु स्वास्थ्यमा प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरिएको छ । यस्ता कार्यक्रम साथै शिविरहरू प्रभावकारी बन्दै गइरहेकोले पालिकाले आफ्ना नागरिकहरूको लागि विभिन्न स्वास्थ्य शिविरहरूको पनि आज आयोजना गरिरहेको बताउनुभयो ‌

FB_IMG_1744473062080