सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ४ स्थित पूर्वको त्रिवेणी रिसोर्टलाई पूर्ण रूपले पुनः संरचना गरी ‘गोदावरी रिसोर्ट’ नाममा नयाँ ढंगले सञ्चालनमा ल्याइएको छ । नयाँ वर्ष २०८२ को सुरुवात साथै कोशी पर्यटन वर्ष २०८२ लाई समेत लक्षित गरी रिसोर्टले वैशाख १ गतेबाट औपचारिक रूपमा सेवा सुरू गर्न सम्पुर्ण तयारी गरिसकेको रिसोर्ट सञ्चालक रमेश खड्काले बताउनुभयो सन्चालकका
अनुसार, पुरानो संरचना र सेवाहरूलाई आधुनिक ढाँचामा परिमार्जन गर्दै रिसोर्टलाई पूर्णरूपमा पुनःनिर्माण गरिएको हो। अबको गोदावरी रिसोर्टमा उच्चस्तरीय अतिथि सेवा, बहुउद्देश्यीय हल, आधुनिक रेष्टुराँ, र विश्रामका लागि हरियालीयुक्त क्षेत्रहरू उपलब्ध हुनेछन्।
रिसोर्टका अर्का सञ्चालक रोहित शाहले स्थानीय उत्पादन र जनशक्तिलाई प्राथमिकता दिँदै रिसोर्टलाई समुदायमैत्री र पर्यावरणमैत्री बनाउने लक्ष्य लिएको उल्लेख गर्नुभयो ।
गोदावरी रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै पूर्वी नेपालकै एक प्रमुख गन्तव्य बन्ने विश्वास सञ्चालकको छ। रिसोर्टमा टिकटक जोन, बालउत्थान लगायत विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरुको निर्माण गरिएको संञ्चालक शाहले बताउनुभयो ।