विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनको खुल्ला सत्र सकिएसँगै अध्यक्षका आकांक्षीहरू संस्थापन पक्षका वर्तमान अध्यक्ष रोहित कोइराला र इतरपक्ष एमाले विराटनगरको वर्तमान सचिव बलराम गिरीले चुनावी तयारीमा जुटेका छन् । वर्तमान संगठन कमिटी अध्यक्ष समेत रहेका कोइराला 

राजनीतिक, खेलकुद  साथै सामाजिक गतिविधिमा पनि सक्रिय छन्।कोइरालाले युवा वृद्ध बालबालिका सबैलाइ समेटेर आफूले छोटो समयमा राम्रो गतिविधि अगाडि बढाइरहेको र जेष्ठ नागरिक युवा सबै लाई समेट्दै अगाडि बढेकोले आफूलाइ धेरैले विश्वास गरेको बताउँदै  पार्टीलाई चौतर्फी आक्रमण भइरहेको अवस्थामा पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्दै  विराटनगरलाई एमालेमय बनाउने विश्वास का साथ पार्टी नेता कार्यकर्ताहरूले आफूलाई हौसला दिइरहेको र आफूले पनि पार्टीका अग्रज नेताहरूको साथ सहयोग सल्लाह अनुसार नै आफ्नो उम्मेदवारी दिएकोले सम्पूर्ण नेता कार्यकर्ताहरूले आफ्नो अमूल्य मत दिई विजय गराउनेमा विश्वस्त रहेको बताए।

 विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले पनि आफ्नै कमिटीमा सचिवका रुपमा काम गरिसकेका कोइरालाले विराटनगर महानगरपालिका हाँक्न सक्षम युवा भएकोले अध्यक्षमा दाबी गर्नुलाई स्वाभाविक भएको बताइन्। उनले सकेसम्म सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्ने तर सर्वसम्मत नभए स्वस्थ रुपमा निर्वाचन गर्न सवै प्रतिनिधिहरूले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

‘अहिले पार्टी बनाउने सही समय आएको छ, सबै मिलेर भव्य रुपमा महानगर अधिवेशन सम्पन्न गरौं’ कार्कीले भनिन्, ‘पार्टीमा सवैले लामो समयदेखि काम गरेका कारण सवै अटे हुन्थ्यो भन्ने अपेक्षा स्वाभाविक हुन्छ, सकिएन भने प्रतिष्पर्धा स्वाभाविक हो ।’

मोरङ जिल्ला इञ्चार्ज रहेका एमाले केन्द्रीय सदस्य जीवन घिमिरे , राजकुमार ओझा,  एमाले केन्द्रीय सल्लाहकार कमिटी सदस्य नरेश पोखरेल, सांसद एवं सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, निर्वतमान् जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सचिवालय सदस्य एवं महानगर कमिटी इञ्चार्ज पर्शुराम बस्नेत लगायतले कोइरालालाई सम्भावित महानगर अध्यक्षका रुपमा शुभकामना दिएका दिए । 

एमाले महानगर कमिटीको दोस्रो अधिवेशन मंगलबारदेखि दुई दिनसम्म विराटनगरमा भइरहेको छ। उक्त अधिवेशनमा १९ वटा वडाबाट २२० जना प्रतिनिधि प्रत्यक्ष रुपमा चुनिएका छन् । त्यस्तै जनसंगठनहरूबाट ७९ जना प्रतिनिधि चयन भएको र थप १५ जना प्रतिनिधि मनोनित भएका जनाइएको छ ।