इटहरी – नेकपा एमाले सुनसरीको पाँचौं पूर्ण बैठक इनरुवास्थित राष्ट्रसेवक भवनमा सम्पन्न भएको छ। बैठकले आगामी वैशाख ११ गते हुने युवा भेलामा सुनसरी जिल्लाबाट १५०० युवाहरू काठमाडौँ जाने भनी तयार गरिएको र उनीहरूलाई युवा सङ्घ सुनसरीको नेतृत्वमा सबै जाने निर्णय गरेको नेकपा एमाले सुनसरी कार्यवाहक अध्यक्ष परशुराम यादवले बताउनुभयो।
यसै सन्दर्भमा कम्युनिस्ट आन्दोलनको ७६ औँ स्थापना दिवसको अवसरमा वैशाख ९ गते रामधुनीमा“नेपालको कम्युनिस्ट आन्दोलनको विकासमा जनताको बहुदलीय जनवादको योगदान” विषयक कार्यपत्र प्रस्तुत गरिनेछ। कार्यक्रममा कम्युनिस्ट आन्दोलनका अग्रज नेताहरूलाई विशेष सम्मान समेत नेकपा एमाले सुनसरी सचिव राम कोइरालाले बताउनुभयो।

नेकपा एमाले सुनसरी का कार्यभाग अध्यक्ष परशुराम यादवको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीश कुसियात को प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरू लक्ष्मी गौतम अमृता सुब्बा साथै प्रदेश कमिटीका पदाधिकारी जिल्ला कमिटीका पदाधिकारी र विभिन्न पालिक कमिटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले विशेषत सुनसरी जिल्लालाई कसरी एमालेमय बनाउने अहिले अहिलेको व्यवस्थालाई मासेर पुरानै व्यवस्थामा फर्किन केही तत्त्वहरू लागि परेकोले उनीहरूलाई परास्त गर्दै २०८४ मा देशलाई नै एमालेमय बनाई देशलाई समृद्ध बनाउने आँट र सङ्कल्पका साथ नेकपा एमाले अघि बढेकोले सम्पूर्ण पार्टी पंक्तिका पदाधिकारीहरु कार्यकर्ताहरुले एकजुट भएर लाग्नुपर्ने प्रमुख अतिथि जगदीश कुसियत ले बताउनुभयो ।



