इटहरी – इटहरीमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय अटो ब्रान्ड BYD (वि वाइ डि) को स्वरुमले यही वैशाख १२ र १३ गते (२५ र २६ अप्रिल २०२५) "सफ्ट ओपनिङ" कार्यक्रम गर्ने भएको छ।

दुई दिनसम्म चल्ने कार्यक्रममा सहभागी हुने ग्राहकहरूले नि:शुल्क सवारी स्वास्थ्य जाँच तथा नि:शुल्क कार वाश सेवा प्राप्त गर्न सक्नेछन्। BYD को सेवा सबै ब्रान्डका सवारीसाधनका लागि खुला रहने जानकारी दिइएको छ।

कार्यक्रमबारे जानकारी दिँदै इटहरीस्थित BYD का म्यानेजर सुजन शर्मा भन्छन्, "यो पहलबाट ग्राहकहरूलाई सहज, गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध हुनेछ।" उनले थपे, "हामी ग्राहकलाई गाडीको समग्र कार्यक्षमता र अवस्थाबारे स्पष्ट जानकारी दिन चाहन्छौं।"

मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडीहरूको उचित मूल्याङ्कन गराई नयाँ गाडी किन्न सक्ने व्यवस्था समेत गरिएको छ। यसले ग्राहकहरूलाई गाडी परिवर्तन गर्दा सहजता दिने विश्वास आयोजकको छ।

BYD कम्पनीले पर्यावरणमैत्री, आधुनिक प्रविधियुक्त, कम इन्धन खपत गर्ने र न्यून कार्बन उत्सर्जन हुने गाडी उत्पादनमा विशेष ध्यान दिँदै आएको छ।

यो मेला व्यापारिक प्रयोजन मात्र नभई, इटहरी र आसपासका बासिन्दामा वातावरणप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकको भनाइ छ।