काठमाडौं / नेपाल आदिवासी जनजाति युवा महासङ्घ नेपालको केन्द्रीय अध्यक्षमा सिन्धुलीका किरण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
युवा महासंघको ६, ७ र ८ मा ओखलढुंगा जिल्लामा भएको छैठौं महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा श्रेष्ठ निर्वाचित भएको हो । निर्वाचनमा ६९ मत ल्याएर श्रेष्ठ विजयी भएको निर्वाचन संयोजक जि.एस. गुरूङले जानकारी दिनु भयो ।
श्रेष्ठका निकतम प्रतिद्वन्दि दोलखाका मानविर गुरूङले ४९ मत र गोरखाकी मञ्जु थापा मगरले २९ मत प्राप्त गर्नु भएको निर्वाचन संयोजक गुरूङले जानकारि दिनुभयो ।
निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा शुभलाल राई, संघीय उपाध्यक्षमा मानराज गुरूङ, महिला उपाध्यक्षमा सुप्रिया राई, उपाध्यक्षमा देव वाहिङ्ग, महासचिवमा घाम्व तामाङ(मिलन), उपमहासचिवमा सुवास तामाङ र कोषाध्यक्षमा रम्बा शेर्पा निर्वाचित हुनु भएको छ । ४१ सदसीय संघीय समितिको सचिवहरूमा टार्जन सुनुवार, जितेन्द्र कुमार सिं दनुवार, योगेश मोक्तान, रेखा लोप्चन तामाङ, अर्जुन गुरूङ, पेमा वाङ्मो लामो र तुलबहादुर थापा मगर निररवाचित हुनुभएको निर्वाचन संयोजक गुरूङले जानकारि दिनु भयो ।
सिन्धुली जिल्ला बाट केन्द्रिय सदस्यमा शर्मिला माझी र मिन बहादुर श्रेष्ठ (दीपक) सर्वसम्मत चयन हुनुभयका हुन् । महाधिवेशनमा प्रदेश नं १ इन्चार्ज टार्जन सुनुवार ,नेपाल आदिवासी जनजाति युवा महासङ्घ नेपालका पदाधिकारी हरू ,नेपाल आदिवासी जनजाति युवा महासङ्घ इटहरीका पदाधिकारीहरू लगाएतको बाक्लो सहभागीता रहेको थियोे ।


