इटहरी । उत्तर(दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ धर्मद्धारस्थित खाँदबारी(किमाथांका खण्ड अवरुद्ध भएको हो । बुधबार रातिको वर्षासँगै आएको पहिरो खाँदबारी(किमाथांका खण्डअन्तर्गत मकालु(३ क्षेत्रको सडक बगाएपछि आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध हुँदा मकालु(३ र ४ तथा भोटखोला गाउँपालिका जाने सवारिसाधन सञ्चालन हुन सकेका छैनन् । माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको उत्तर(दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ। अहिले सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै सञ्चालन भइरहेका छन् ।


