इटहरी । इलामको सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक एक वटा ‘अलवेदर’बाह्र मासे सडक निर्माण गरिएको छ । वडा र नगरपालिकाको केन्द्रसम्म सहज सडक सञ्जालको पहुँचका लागि निर्माण गरिएका अलवेदर बाह्र मासे०सडक यतिबेला कालोपत्रेको चरणमा पुगेका छन् । गाउँका सडक धमाधम कालोपत्रे हुन थालेपछि यहाँका स्थानीय उत्साहि बन्न थालेका छन् । सूर्योदय नगरपालिकामा १३ दशमलव ५ किलोमिटर कालोपत्रे, ८३ दशमलव ८ किलोमिटर ग्राभेल र ६ सय ६८ दशमलव ९३ किलोमिटर गरी जम्मा तीन सय ३३ वटा स्थानीय सडकहरू रहेका छन् ।  नगरले यी सडकलाई ‘ए,बी,सी र डी’ गरी चार किसिमले वर्गाीकरण गरेको नगरका इन्जिनियर कविन सापकोटाले जानकारी दिनुभयो । इन्जिनियर सापकोटाका अनुसार नगर भित्र स्ट्राटेजिक रोड नेटवर्क९एस।आर।एन।० अन्तर्गतका ठुला तीन वटा सडक छन् । जस अनुसार मेची राजमार्ग, फिक्कल–पशुपतिनगर र छिपिटार–अन्तु सडकको कालोपत्रे ४८ दशमलव २० किलोमिटर, ग्राभेल २ दशमलव ४५ किलोमिटर र कच्ची९धुलेबाटो० २ दशमलव ४१ किलोमिटर पर्दछ । सूर्योदय डिस्ट्रिक्ट रोड केयर९डि।आर।सी।एन०अन्तर्गत १० दशमलव ८३ किलोमिटर कालोपत्रे, १६ दशमलव १२ किलोमिटर ग्राभेलर ३६ दशमलव ५६ किलोमिटर कच्ची९धुलेबाटो० रहेका छन् । नगरपालिकाले आफ्नो नगर भित्रका सडकलाई १२ महिना नै सवारी साधन सञ्चालन गर्ने गरी योजना अनुसार केहि वर्ष पहिले नै नगर स्तरीय सडक सञ्जाल गुरुयोजना बनाएको थियो । गुरुयोजना अनुसार २८ वर्ष भित्रमा नगर भित्रका सबै सडक निर्माण भइसक्ने उल्लेख गरिएको छ । हालसम्म १३ दशमलव ५ किलोमिटर कालोपत्रे, ८३ दशमलव ०८ किलोमिटर ग्राभेल र ६ सय ६८ दशमलव ९३ किलोमिटर कच्ची बाटोको स्तर उन्नतीको काम भइरहेको छ । सडक निर्माणको व्यवस्थित योजना बनाएर निर्माण गर्दा नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिने गरी सडक सञ्जालको गुरुयोजना निर्माण गरीएको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले एक वडा एक ग्राभल सडक निर्माणलाई प्राथमिकता दिएपछि सूर्योदयका १४ वटै वडाका एक, एक वटा सडक ग्राभेल गर्ने काम हुँदै हाल कालोपत्रेको चरणमा आएको नगरपालिकाका सिभिल इन्जिनियर सापकोटाले बताउनुभयो । नगरभित्रका सडक २७ वर्ष भित्र ग्राभेल गर्नका लागि हरेक पाँच वर्षमा ५९ करोड रुपियाँ खर्च नगरपालिकाले गर्नुपर्ने हुन्छ । यो रकम सडकको सर्भे, वातावरण संरक्षण, सडक चौडा र सडक स्तर उन्नतीमा लाग्ने खर्च हो । पाँच वर्षमा ५९ करोडको पाँच प्रतिशत वातावारण संरक्षण, पाँच प्रतिशत सर्भे डिजाइन, १५ प्रतिशत सडक चौडा र ७५ प्रतिशत सडक ग्राभेलमा खर्च हुने गुरुयोजनामा उल्लेख छ । अहिलेको दररेट अनुसार नगर क्षेत्रका सडक ग्राभेलका लागि तीन अरब २० करोड २७ वर्षभित्र खर्च गर्नुपर्ने छ । गाउँका सडक कालोपत्रे हुन थालेपछि यहाँका कृषि उपजलाई बजारसम्म लैजान सहज भएको छ । सूर्योदय १४ का देवीप्रसाद आचार्यले उत्पादित बस्तु बजारीकरणमा सडक सञ्जालले सहज भएको बताउनुभयो । सूर्योदय–१ का सन्तोष बजगाईं गाउँमा उत्पादित कृषिउपज सङ्कलन गरेर भारतीय सीमाक्षेत्र मानेभन्ज्याङ बजारमा बिक्री गर्न लैजानुहुन्छ । पैदल यात्रा गर्न करिब तीन घण्टा लाग्नेमा सडक बनेपछि अहिले उहाँलाई बजार पुग्न सहज भएको छ । बाटो अप्ठ्यारो हुँदा घोडामा तीन–चार घण्टासम्म लाग्थ्यो । अहिले बाटो सजिलो भएको छ । विगतमा भन्दा ग्रामीण क्षेत्रका किसानलाई बजार पुग्न, विद्यार्थीलाई विद्यालय आवतजावत गर्न र बिरामीलाई तत्काल अस्पताल पुग्न सजिलो भएको स्थानीयको भनाइ छ । किसानले दुःख गरेर उत्पादन गरेका उपजले सडक अभावकै कारण बजार नपाउने समस्याको अन्त्य भएको किसान बताउँछन् । बाटो बनाउन मेसिन प्रयोग गरेर काम देखाउने र जनताको आँखामा भ्रम छर्ने परम्परागत तरिकालाई हटाएर दीगो विकासको मोडलमा पालिका अघि बढेको उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । सडक गुरुयोजना अनुसार सूर्योदय नगरपालिका भित्रका सडकमा सबैभन्दा बढी दुई पाङ्ग्रे मोटरसाइकल प्रयोग हुँदै आएका छन् । नगरस्तरीय सडकमा ४५ प्रतिशत मोटरसाइकल प्रयोग हुन्छन् । त्यस्तै जिप ,कार २६ प्रतिशत, ट्याक्टर १७ प्रतिशत र ट्रक बस १२ प्रतिशत नगरपालिका भित्र गुड्ने गरेका छन् ।