इटहरी । सत्तारुढ दल नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज ताप्लेजुङको अध्यक्षमा नरबहादुर सुनाम चयन हुनुभएको छ । समाजको छैटौं जिल्ला अधिवेशनले सुनाम अध्यक्ष रहेको २५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो । जिल्ला कमिटीको उपालध्यक्षमा ध्रुव बराइली, सचिवमा अमर विक, उपसचिव राजु नेपाली र कोषाध्यक्षमा अनिता विक चयन हुनुभएको छ । मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष अनुभूति बम नेपालीको प्रमुख आतिथ्यमा जिल्ला अधिवेशन सम्पन्न भएको एमाले ताप्लेजुङका उपसचिव गोपाल न्यौपानेले जानकारी दिनुभयो । सदरमुकाम फुङ्लिङमा मङ्गलबार सम्पन्न भएको मुक्ति समाजको जिल्ला अधिवेशनमा नेकपा ९एमाले० जिल्ला कमिटी उपाध्यक्ष दीपेन्द्र पोमु दीपेन, पूर्व जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङ, पूर्व–उपाध्यक्ष सन्तोष खतिवडालगायतका नेतृत्वको सहभागिता थियो ।


