इटहरी । योङ कम्युनिष्ट लिग वाइसिएल नेपाल सिरिजङ्घा गाउँपालिका कमिटीको अध्यक्षमा अशोक लिम्बू दावा चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र निकट वाइसिएलको तेश्रो पालिका अधिवेशनबाट दावा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । कमिटीको उपाध्यक्षद्वयमा सुदिप लक्सम्बा र आइतमान लिम्बू, सचिवमा शसिहाङ थेवे सहित ३५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन भएका छन् । यस्तै अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी सिरिजङ्घा गाउँपालिका कमिटीको अध्यक्षमा जेनि साउदेन चयन हुनुभएको छ । कमिटीको उपाध्यक्षद्वयमा लक्ष्मी लोकान्द्री र बल्लविरा निरौला, सचिवमा गीता भट्टराई, सचिवमा गीता भट्टराई चयन हुनुभएको छ । अधिवेशन केन्द्र, प्रदेश तथा जिल्ला स्तरीय नेताहरूको उपस्थितिमा सम्पन्न भएको हो । आगामी वैशाख २३ गते हुन गइरहेको जिल्ला अधिवेशन पूर्व पालिका अधिवेशनहरू धमाधम हुने क्रममा रहेका छन् । केही दिन अघि मात्र सिदिङवा गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ ।