बराहक्षेत्र | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं.९ मा निशुल्क चित्रकला सम्बन्धी तालिम समुद्घाटन भएको छ ।
बराहक्षेत्र नगरपालिका वडा नं.९ को आयोजना तथा आर्थिक सहयोगमा र समिर चन्द्रवंशीको संयाेजनमा 'निशुल्क चित्रकला सम्बन्धी तालिम गरिएको छ । कार्यक्रमको सभापति बराहक्षेत्र नगरपालिका -९ वडा अध्यक्ष निरन्जन चन्द्रवंशी रहनु भएको थियो भने प्रमुख अतिथिको रुपमा बराहक्षेत्र नगरपालिका शिक्षा शाखा प्रमुख उत्तमराज भारती रहनु भएको थियो ।
अतिथि को रुपमा बराहक्षेत्र नगरपालिका वडा -९ का वडा सदस्यहरु भगवती खड्का , चतुरलाल चौधरी , सन्जु साफि र वडा सचिब होम प्रसाद लिम्बु सहित प्रसिक्षक दिपेन्द्र मेहता द पालुवा एकेडेमी सन्चलक जिवन कार्की सहित बराहक्षेत्र नगरपालिका वडा -९ भित्र रहेकाे निजि तथा सामुदायिक बिद्यालय गरि जम्मा ४० जना बिद्यार्थी को उपस्थिति मा समुद्घाटन कार्यक्रम सुमन थापाले सन्चालन गर्नु भएको थियो ।
बराहक्षेत्र -९ वडा भरि रहेकाे बालबालिकाहरुको कलात्मक र रचनात्मक क्षमता को बिकास होस र बिद्यार्थी हरु लाई सिर्जनसिलता बनाइ आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्ने छ । यस चित्रकला सम्बन्धी तालिम ले महत्वपुर्ण भुमिका खेल्ने उद्देश्य सहित यस तालिम बालबालिकाको लागि प्रभावकारी हुने आयोजकले जनाएको छ ।


