भोजपुर | उदयपुर र भोजपुर जिल्लालाई आपसमा जोड्ने बहुप्रतिक्षित रानीटार पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। रसुवा कन्ट्रक्सन प्रा.लि.का अनुसार, यदि मौसमले साथ दियो भने अबको १५ दिनभित्र निर्माण कार्य सम्पन्न हुनेछ।
आज कम्पनीसँगको विशेष र गम्भीर कुराकानीमा, निर्माण कम्पनीले राज्यबाट रकम निकासा हुन नसकेको कारणले काममा अवरोध आएको स्वीकारेको छ। तर, परिस्थिति जटिल हुँदा हुँदै पनि कम्पनीले जोखिम मोलेर काम अघि बढाउने निर्णय गरेको छ, जुन गर्वको कुरा हो।
रानीटार पुल मात्र होइन, भोजपुरलाई समेट्ने तीनवटा पक्की पुल तयार हुँदैछन्। बाँकी संरचनाहरू पनि निर्माणको तयारीमा छन्। यो योजनाले भोजपुरको भौतिक पूर्वाधारमा ऐतिहासिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
रानीटार पुल उदयपुर र भोजपुरलाई जोड्ने महत्त्वपूर्ण संरचना हो, जसले यातायातमा सहजता ल्याउनुका साथै स्थानीय जनजीवनमा ठुलो परिवर्तन ल्याउनेछ।


