विराटनगर, — कोशी प्रदेशको समृद्धिका लागि जलस्रोत तथा ऊर्जा क्षेत्रको सम्भावनाबारे व्यापक छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागद्वारा आयोजित कार्यशाला कार्यक्रम विराटनगरस्थित बिग होटलमा भएको छ।

IMG-20250507-WA0013

कार्यक्रमको अध्यक्षता विभाग प्रमुख मोहन कुमार डाँगीले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री शेरधन राई रहनुभएको थियो। विशेष अतिथिको रूपमा कोशी प्रदेशका वर्तमान मुख्यमन्त्री हिक्मत कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, प्रदेश पदाधिकारीहरू तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

IMG_20250507_095420

कार्यक्रममा मोहन कुमार डाँगीद्वारा “कोशी प्रदेशमा जलस्रोत र ऊर्जा क्षेत्रको सम्भाव्यता” विषयक कार्यपत्र प्रस्तुत गरियो। सो कार्यपत्रमा जलस्रोतको रणनीतिक उपयोग, जलविद्युत् उत्पादन, सिँचाइको प्रभावकारिता र प्रदेश समृद्धिमा यस क्षेत्रको योगदानबारे विश्लेषण गरिएको थियो।

IMG_20250507_095321

कार्यपत्र प्रस्तुतिपछि अन्तरक्रियात्मक सत्रको आयोजना गरियो, जसमा सहभागीहरूले आफ्ना धारणा, सुझाव र जिज्ञासाहरू प्रस्तुत गरेका थिए।

IMG_20250507_120940

कार्यक्रमले कोशी प्रदेशमा जलस्रोत तथा ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि नीति निर्माण, लगानीको सम्भाव्यता, तथा अन्तरसंस्थागत समन्वयको खाँचो रहेको निष्कर्ष निकालेको छ।

IMG-20250507-WA0011