रामधुनी, सुनसरी – रामधुनी नगरपालिका वडा नं. ४ मा आयोजित ४औं टी.एस. राई कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता उपप्रमुख तारा थापा ज्युको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको छ।

1746692691763

यस प्रतियोगितामा नेपाल, भारत र भुटानबाट खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। पदक तालिकामा आयोजक टिम नेपालले शानदार प्रदर्शन गर्दै कुल ३९ स्वर्ण, ३५ रजत र ७ कास्य पदक जित्दै टिम च्याम्पियनको उपाधि हात पारेको छ। भुटानले ४ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गरी दोस्रो स्थान हासिल गर्‍यो भने भारतले १ स्वर्ण, ८ रजत र ४ कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझायो।

1746692614093

प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई एकआपसमा प्रतिस्पर्धा र अनुभव साटासाट गर्ने अवसर दिएको आयोजकले जनाएका छ ।