इटहरी  । धनकुटाको साँगुरीगढी गाउँपालिकामा टाटा विङ्गर माइक्रोबाट १० केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान ७ः४० बजे धनकुटा साँगुरीगढी गाउँपालिका ६ भेडेटार चोकमा इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानको कमाण्डमा खटिएको टोलीले धनकुटा शहिदभुमी गाउँपालिका ५ खोकुका ३१ वर्षीय उद्धव राईलाई नियन्त्रणमा लिएको हो । धनकुटाको हिलेदेखि ईटहरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ४३२६ नं। को टाटा विङगर माइक्रोलाई जाँच गर्ने क्रममा माइक्रोको पछाडि डिक्कीमा रहेको जेब्रा झोलाबाट १० केजी गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ओम प्रकाश निरौलाले जानकारी दिनुभयो । डिएसपी निरौलाले गाँजासहित नियन्त्रणमा लिइएका राईलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको बताउनुभयो ।