इटहरी | लागू पदार्थ दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले नेपाल स्काउट, कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक व्यवस्थापनमा इटहरी उपमहानगरपालिका वडा नं. १ मा वडा स्तरीय सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम इटहरी युथ ओपन क्र्युको विशेष सक्रियतामा सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रमका सभापति रास्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक  शरण कुमार बस्नेत थिए भने प्रमुख अतिथिका रूपमा नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीको उपस्थिति रहेको थियो।

विशेष अतिथिमा वडा नं. १ का वडा सदस्य श्री हरिहर चौधरी, रेडक्रस हाँसपोसा उपशाखाका सभापति उमेश राई, रास्ट्रिय मा.वि. का सहायक प्रधानाध्यापक लक्ष्मिप्रसाद सुवेदी तथा यमुना बस्नेत र समाजसेवी दिल कुमार राईको सहभागिता रहेको थियो।

स्काउटर बन्दना बस्नेतको विशेष पहल तथा रास्ट्रिय माध्यमिक विद्यालयको स्थान व्यवस्थापनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्काउटर, शिक्षक, विद्यार्थी, रेडक्रस, टोल विकास संस्था तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा लागू पदार्थ दुर्व्यसनको प्रभाव, रोकथाम र समाधानका उपायबारे विभिन्न वक्ताहरूले धारणा राखेका थिए। वडास्तरीय सचेतना अभियानमार्फत युवामा सकारात्मक सोच, आत्मविश्वास र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्य लिएको आयोजक संस्थाको भनाइ छ।

मुख्य प्रशिक्षकहरूमा चार जना रहेका थिए । कार्यक्रमको सञ्चालन इटहरी युथ ओपन क्र्युका अध्यक्ष फणीन्द्र प्रसाद दाहालले गर्नु भएको थियो भने स्वागत मन्तव्य स्काउटर तथा रोभर लिडर डिल्लि कुमार शर्माले प्रस्तुत गर्नुभएको थियो।