इटहरी । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.ले इटहरीमा विशेष ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार इटहरी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा हुन्डाई मोटर्सका इटहरी र विराटनगर शाखाले ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट  कार्यक्रम गरेका हो । ग्राहकहरूलाई कम्पनीले प्रदान गर्दै आएको सेवा सुविधा, बिक्रीपछिका सेवा, गाडी प्रविधि र आगामी योजनाबारे विस्तृत जानकारी दिन कार्यक्रम आयोजना गरिएको लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि. हुन्डाई मोटर्सका डिलर प्रबन्धक विनय प्रकाश श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा हुन्डाईका विभिन्न मोडेलहरू प्रदर्शनमा राखिएको थियो । बिक्रीपछिको सेवा, सर्भिसिङ सुविधा, वारेन्टी र स्पेयर पाट्र्सको उपलब्धता बारे जानकारी दिइएको थियो । ग्राहकहरूको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा कम्पनीले आगामी दिनमा यस्ता भेटघाट कार्यक्रम अन्य स्थानहरूमा पनि गर्ने योजना रहेको जनाएको छ । यस्ता कार्यक्रमले ग्राहक र कम्पनीबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास गरिएको छ ।  लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लिले  सन् २००९ देखि नेपालमा हुन्डाई सेवा दिँदै आएको हो ।


WhatsApp Image 2025-05-10 at 13.35.33_192d247f