इटहरी, वैशाख २७ – नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको ११औँ विस्तारित बैठक आज सुनसरी इटहरीमा सम्पन्न भएको छ।

बैठक महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।

1746896283103

बैठकमा नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा प्रमुख वक्ताको रूपमा सहभागी हुनु भएको थियो। साथै कोशी प्रदेशबाट महासंघको केन्द्रीय, स्थायी र सचिवालय कमिटीमा आवद्ध उल्लेखनीय संख्यामा कमरेडहरूको उपस्थिति रहेको थियो।

FB_IMG_1746895727037

बैठकले अधिवेशन हुन समय पुगेका सम्पूर्ण जिल्ला कमिटीको अधिवेशन १२ गतेभित्रमा सक्ने र आगामी जेठ १५ र १६ गते महासंघ कोशी प्रदेशको दोस्रो अधिवेशन दमकमा भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। बैठकले अधिवेशनको तयारी र सफल आयोजनाका लागि आवश्यक कार्ययोजना र जिम्मेवारी तोक्ने विषयमा समेत छलफल गरेको महासंघ कोशी प्रदेश सचिव भीम लिवाङले बताउनुभयो ।

FB_IMG_1746895742604