इटहरी । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल धनकुटाले विभिन्न समयमा विशेष योगदान पुर्‍याएकोमा तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको छ । आईतबार जिल्ला महासंघ धनकुटाको चौंथो जिल्ला परिषद्को अवसरमा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको हो । सम्मानित हुनेमा धनकुटा नगरपालिका–१ मा रहेको सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूह, धनकुटा नगरपालिका–९ स्थित बेलहरामा रहेको जलकन्या सामुदायिक वन उपभोक्ता समूह र चौविसे गाउँपालिका–३ र ४ मा स्थित भोटेपौवा चिसापानी सामुदायिक वन उपभोक्त समूह कुरुले तेनुपा रहेका छन् ।  सम्मानित हुने वन उपभोक्ता समूहका अध्यक्षहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सांसाद ईन्द्रिमणी पराजुली, वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापाले सम्मान पत्र खादा माला लगाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सांसद ईन्द्रमणी पराजुलीले देशमा विभिन्न नमुना वन रहेका र ती वन हरुमा जिल्लामा आवद्ध वन उपभोक्ता समूह अवलोकनमा गई धेरै कुरा सिकेर लागू गर्न सकिने बताउनुभयो । यस्तै वनलाई व्यवस्थित गर्न महासंघ, स्थानीय र सरोकारवलाले मुख्य भूमिका खेल्नु पर्ने बताउदै जिल्लामा ठूला वन उपभोक्ता समूह रहेको तर क्रियासिल नभएका कारण तत्काल क्रियासिल बनाउनुपर्ने बताउनुभयो । यस्तै सांसद पराजुलीले भन्नुभयो, उपभोक्ताहरुलाई परिचालीत गरी क्रियाशिल बनाई सूसुचित गर्नुपर्ने बताउनुभयो । सरकारलाई जिम्मेवारी वनाउन महासंघले काम गरी समुदायहरुलाई फाईदा हुने काम, जडीबुटी र वनमा लगाईने बाली लगाई आम्दानीमा जोड्न सकिने बताउनुभयो । कार्यक्रममा जिल्लाका सातवटा पालिकाका महासंघको उपस्थिती रहेको थियो । धनकुटामा ३ सय ५७ वटा भन्दाबढी सामुदायिक वन रहको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार तीमध्ये २ सय २० वटा क्रियासिल रहेका जानकारी दिनुभयो । वन उपभोक्ता समूहहरुलाई क्रियासिल बनाउनु महासंघ लागि परिरहेको समेत बताउनुभयो ।