इटहरी । संखुवासभाको खाँदबारीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । खाँदबारी नगरपालिका( १ रेडक्रस मार्ग बस्ने ५३ वर्षीय राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित ५ जना सोमबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५ सय ७० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


