खोटाङ, वैशाख ३० – नेपाल खेलकुद प्रतिष्ठान, खोटाङको आयोजनामा सुरु भएको 'दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२' अन्तर्गत टेबल टेनिस तथा बुद्धिचाल प्रतियोगिताको उद्घाटन मंगलवार एक विशेष समारोहबीच सम्पन्न भयो।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव श्री कृष्ण बस्नेत (पर्शुराम) सहभागी हुनु भएको थियो। समारोह दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका उपप्रमुख बिसन राईको अध्यक्षतामा सम्पन्न भएको हो।

1747134449897

उद्घाटन समारोहमा प्रमुख अतिथि सदस्य सचिव बस्नेत, प्रतिष्ठानका अध्यक्ष सञ्जय कुमार राई लगायत अन्य विशिष्ट अतिथिहरूले च्याब्रुङ् र झ्याम्टाको सांस्कृतिक धुनमा महोत्सवको विधिवत् उद्घाटन गर्नु भयो।

नेपाल खेलकुद प्रतिष्ठानले आयोजना गरेको यस महोत्सवले खेलकुद, साहित्य र पर्यटन क्षेत्रको समन्वयमार्फत स्थानीय प्रतिभा र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

महोत्सवको सफलताको शुभकामना व्यक्त गरिँदै आयोजकले प्रतियोगितामा सहभागी सबै खेलाडीहरूलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेका छन्।

1747134454606