रुद्राक्ष समाज नेपाल काठमाडौको आयोजना तथा समाजसेवी निर्मल रिजालको आर्थिक सहयोगमा बिराटनगर-१ स्थित शिव आधारभूत बिद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ। नेपाली कांग्रेस बिराटनगर महानगर समितिका सचिब तेजिन्द्र भट्टराईको पहल एवं समन्वयमा भएको कार्यक्रम रुद्राक्ष समाज नेपालका संरक्षक तथा नेपाली कांग्रेस कोशी प्रदेश-काठमाडौ सम्पर्क समितिको संयोजक समेत रहेका रिजालको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा समाजसेवी एवं पूर्व शिक्षक शिवराज कोइराला, सुशील सिवाकोटी लगायतको उपस्थित रहेको थियो।
विपन्न परिवारका विद्यार्थीका निम्ति देसका विभिन्न विद्यालयमा समाजले सहयोग गर्दै आएको प्रमुख अतिथि रिजालले बताए। नौ सय थान कपि, एकहजार थान पेन्सिल, ५/५ सय थान डटपेन, एकथान फुटबल लगायत अन्य शैक्षिक सामग्री वितरण गरिएको कार्यक्रमको अध्यक्षता गरेका विद्यालयका प्रधानाध्यापक जगरनाथ कामतले पहलकर्ता भट्टराई र सहयोगी रिजाललाई धन्यवाद ज्ञापन गरेका थिए।


