मोरङ | मोरङको सुन्दरहरैंचा नगरपालिका–३, गछियामा रहेको आश्रय सुधार तथा उपचार केन्द्रले सामाजिक रूपान्तरणमा सक्रिय व्यक्तित्व महाविर पुनद्वारा लिखित २० थान पुस्तक खरिद गरी विशेष कार्यक्रम आयोजना गरेको छ । लागुऔषध दुव्र्यसनमा फसेका युवाहरूलाई जीवनमा सकारात्मक सोच, आत्मबल र राष्ट्रप्रेमको भावना जगाउने उद्देश्यले केन्द्रले करिब १५ हजार रुपैयाँ बराबरको पुस्तक खरिद गरेको आश्रय सुधार तथा उपचार केन्द्रलले जनाएको छ ।

डा. महाविर पुनलाई विशेष सम्मान समेत गरिएको थियो । देशको विज्ञान, प्रविधि, नवप्रवर्तन तथा सामाजिक रूपान्तरणको क्षेत्रमा योगदान पु¥याउँदै आएका पुनको जीवनदर्शन, संघर्ष र प्रेरणादायी कार्यहरू केन्द्रमा आवासीय रूपमा उपचार गरिरहेका व्यक्तिहरूलाई प्रेरणा दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

लागु औषधमा फसेका युवाहरूको मानसिक पुनस्र्थापनामा ध्यान दिइरहेका बताउदै, पुस्तकले मानिसको सोच बदल्न प्रेरित गर्न सक्ने तर्कगर्दै डा. महाविर पुनजस्ता व्यक्तित्वको जीवनकथा र विचार उनीहरूका लागि उज्यालो किरण बन्न सक्छ भन्ने विश्वासका साथ यो कार्यक्रम आयोजना गरेका आश्रय सुधार तथा उपचार केन्द्रका सञ्चालक सेवक खत्रीले बताउनु भयो । 

केन्द्रहरूले शिक्षामार्फत मानसिक रूपान्तरणको बाटो रोज्नु अत्यन्तै सराहनीय कुरा भएको लागुऔषधको दुश्चक्रबाट उम्कन खोज्नेहरूका लागि प्रेरणा र मार्गदर्शन रहेको डा. महाविर पुनले सम्मान ग्रहण गर्दै केन्द्रले देखाएको सोचप्रति कृतज्ञता व्यक्त गर्नु भएको छ । 

सुधार केन्द्रमा अहिले दर्जनौं व्यक्तिहरू आवासीय रूपमा पुनस्र्थापनाको प्रक्रियामा छन् । केन्द्रले समय–समयमा आत्मविकास, मनोपरामर्श, ध्यान, योग र सिर्जनात्मक लेखन जस्ता गतिविधिहरू सञ्चालन गर्दै आएको छ । अब भने उनीहरूलाई पठन संस्कृतिमा जोड दिँदै पुनः समाजमा फर्किन सहयोग पु¥याउने तयारी आश्रय सुधार तथा उपचार केन्द्रलले  गरिएको छ ।