विराटनगर नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा वैशाख ३१ गते प्राधिकरणको कोशी प्रदेश कार्यालयले रक्तदान कार्यक्रम  गरेको छ । गिभ ब्लड, सेभ ब्लड भन्ने नारा सहित वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।

IMG-20250514-WA0019

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलको अध्यक्षता तथा  रेडक्रस मोरङका सभापति सुकदेब मण्डलको प्रमुख अतिथ्यतामा  भएको कार्यक्रममा ८१ पाउन्ड रगत संकलन भएको प्रमुख पोखरेलले बताउनुभयाे ।  रक्तदातालाई प्रमाणपत्र प्रदान गर्दै यस्तो पुण्य काममा सहभागी भएकोमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेल धन्यबाद  दिनुभएकाे छ ।

WhatsApp Image 2025-05-14 at 12.48.50_f1274d62 1

उक्त रक्तदान कार्यक्रम विराटनगरको बरगाछीमा सम्पन्न भएको थियो । व्यवसायिकताका साथै सामाजिक काममा पनि सक्रियताका साथ लागिरहेको जीवन तथा निर्जीवन बीमाका कर्मचारी, बीमा अभिकर्ता, सर्भेयर, लगायत सर्वसाधारणको समेत उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

IMG-20250514-WA0018