सुनसरी | नेपाल तरुण दल सुनसरीअन्तर्गत प्रतिनिधि सभा क्षेत्र नं. १ तथा प्रदेश सभा क्षेत्र नं. १(१) र १(२) को पाँचौँ क्षेत्रीय अधिवेशन एवं पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई सुदृढ र प्रभावकारी बनाउनको लागि नयाँ रणनीतिहरू तय गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाले युवाको भूमिकाबारे प्रकाश पार्दै नेपालको राजनीतिक परिवर्तनमा युवाहरूको सक्रिय सहभागिता अनिवार्य रहेको बताए। उनले नेपाल तरुण दलजस्ता संगठनहरूलाई युवा नेतृत्वको आधारशिला भनी उल्लेख गर्दै दलभित्र जिम्मेवारी सम्हाल्ने युवाहरूलाई बधाई तथा शुभकामना दिए।

पाँचौँ क्षेत्रीय अधिवेशनबाट प्रतिनिधिसभा क्षेत्र नं. १ को सभापतिमा अजय राई सर्वसम्मत चयन भएका छन्। उपसभापतिमा रोशन राई, विशाल बस्नेत, कृष्ण राई र ज्वाला तुलाधर चयन भएका छन्। सचिव पदमा विमल बुढाथोकी र सुजन खड्का रहेका छन् भने सहसचिवमा अधिय श्रेष्ठ, जसमान लिम्बु र अशेष लिम्बु चयन भएका छन्। कोषाध्यक्ष पदमा प्रसन्न गुरुङले जिम्मेवारी पाएका छन्।

सदस्यहरूमा विनायक ताम्राकार, प्रज्वल श्रेष्ठ, सुदिप राई, सुवास केसी, विसम राई, कुसाङ थेबे, मनकुमार राई, सुभम श्रेष्ठ, प्रभाकर भट्टराई, बलराम सुवेदी, नितेश राई, सुमित्रा कालिकोटे लगायतका युवाहरू चयन भएका छन्।

प्रदेश सभा १(१) तर्फ जीवन लिम्बु सभापति चयन भएका छन्। भवानी बास्तोला उपसभापति, रुमित कुमार खत्री सचिव, राजमाया लिम्बु कोषाध्यक्ष रहेका छन्। यस क्षेत्रका सदस्यहरूमा प्रदीप राई, प्रशान राई, भूपेन राई, विक्रम श्रेष्ठ, सुविहाङ राई, प्रदीप तामाङ, सुरज श्रेष्ठ, अरुणा लिम्बु, मनकुमारी राई, विनोद बस्नेत, रोहित राई, दिवस शाक्य र दिल बहादुर राई रहेका छन्।

प्रदेश सभा १(२) तर्फ सभापतिमा साजन राई चयन भएका छन्। रोहित राई उपसभापति, सुनिल तामाङ सचिव, बिनु राई कोषाध्यक्षका रूपमा चयन भएका छन्। सदस्यमा प्रताप बस्नेत, फुर्वा शेर्पा, प्रकाश राई, सचिन तामाङ, बालकुमार राई, रमेश तामाङ, अभय बस्नेत, निराजन कार्की र सेमिहाङ राई रहेका छन्।1747213806009

कार्यक्रममा नेपाल तरुण दल सुनसरीका सभापति तथा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य सिजन गुरुङले अधिवेशनमार्फत संगठनलाई थप सशक्त बनाउने र युवालाई राजनीतिक अभ्यासको मूलधारमा ल्याउने उद्देश्य रहेको जानकारी दिए। उनले वडास्तरदेखि क्षेत्रीय तहसम्मका समितिहरू सर्वसम्मत रूपमा गठन गरिएको समेत जानकारी दिए।

निर्वाचन अधिकृत भरत शाक्यले सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरूलाई सपथ गराई प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा विभिन्न तहका नेता, कार्यकर्ता, युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।1747213816215

यस अधिवेशनमार्फत नेपाल तरुण दलले संगठनात्मक रूपमा युवा सशक्तिकरणको दिशामा नयाँ कदम चालेको छ। आगामी दिनहरूमा युवालाई नीति निर्माणदेखि नेतृत्व विकाससम्मका प्रक्रियामा सहभागी गराउँदै देशको समृद्धिको अभियानमा योगदान दिने विश्वास गरिएको छ।