इटहरी– पूर्वी नेपालमै पहिलो पटक ‘घर निर्माण फेस्ट’ (महोत्सव) आयोजना हुने भएको छ। घर निर्माण फाउण्डेसनको आयोजनामा हुन लागेको उक्त कार्यक्रम जेष्ठ ३ गते शनिबार इटहरीस्थित होटल रोयल रिसोर्टमा हुने भएको छ ।

फाउण्डेसनका संस्थापक प्रशान्त प्रधानका अनुसार महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण तथा पुराना घरहरूको मर्मत सम्भारसम्बन्धी सीप, प्रविधि र जानकारी प्रदान गर्नु हो ।

कार्यक्रममा घरधनी, निर्माण व्यवसायी, इञ्जिनियर, वास्तुकार, उद्यमी, विद्यार्थी लगायत इच्छुक सबै पक्षले एउटै छानामुनि निर्माण सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्न पाउनेछन्। साथै, आधुनिक तथा पारम्परिक घर डिजाइन, खाली स्थानको उपयोग, बिजुली तथा हावापास व्यवस्थापन, गुणस्तर सुनिश्चितता जस्ता विविध पक्षमा जानकारी प्रस्तुत गरिने छ।

फाउण्डेसनका अनुसार यस्ता विचार र नवप्रवर्तनलाई लगानीमा रूपान्तरण गर्ने अवसरसमेत प्रदान गरिने छ।

नेपालमा व्यवसायिक घर निर्माणकर्ताको अभाव तथा प्राविधिक ज्ञानको कमीले गर्दा धेरै घरधनीको वर्षौंदेखिको मेहनत गलत ठाउँमा लगानी हुने समस्याहरू देखिएको बताउँदै स्किल सेवाका पूर्वी नेपाल प्रमुख सुगन्ध मिश्रले पूर्वी नेपाल, विशेषतः धरान, इटहरी, विराटनगर, दमकजस्ता सहरहरूमा यस्ता समस्याको समाधान खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको पुर्वि नेपाल शाखा प्रमुख सुगन्ध मिश्रले बताउनुभयो ।।

कार्यक्रम संयोजक विजय कार्कीका अनुसार महोत्सवमा सहभागी हुनेलाई लक्की ड्र मार्फत विभिन्न उपहार प्रदान गरिनेछ। महोत्सवमा २ हजार बढी घर निर्माणका व्यक्तिहरू उपस्थिति हुने आयोजकको भनाइ छ । महोत्सवले “जे बनौं, नेपालमै बनौं” भन्ने सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सघाउने विश्वास व्यक्त गरे।